मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

मेची पुलबाट ‘समुदायमा कांग्रेस’ अभियान सुरु

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१३ माघ २०८०, शनिबार

झापा । झापाको भद्रपुरस्थित मेची पुलबाट नेपाली कांग्रेसले आजदेखि ‘समुदायमा कांग्रेस’ अभियान सुरु गरेको छ । कांग्रेसका महामन्त्रीहरू गगन थापा, विश्वप्रकाश शर्मा, कांग्रेस नेता कृष्णप्रसाद सिटौला लगायतले मेची पुलको प्रवेशद्वारमा पाँच वटा बिरुवा रोपेर ‘समुदायमा कांग्रेस’ भन्ने अभियानको सुरुवात गरेका हुन्।

स्थानीय तहबाट हुने गरेका सेवा प्रवाह र विकास निर्माणको अवस्थामा नागरिकका गुनासा र सुझाव वडा स्तरबाटै कार्यान्वयन गराउन पहल गर्ने गरी हुलाकी राजमार्गबाट सुरु भएको अभियान माघ २६ गते कञ्चनपुरमा पुगेर समापन हुनेछ। ‘समुदायमा कांग्रेस’ अभियान अन्तर्गत मेची–महाकाली संवाद यात्राको नेतृत्व गर्दै निस्किएका महामन्त्री गगन थापाले भने, ‘हाम्रो यो अभियान जनताको निराशाबाट फाइदा र लाभ लिनलाई होइन, हाम्रो अभियानले जनताको निराशालाई चिर्नु छ, नेपाली समाजलाई त्यसबाट बाहिर ल्याउनु छ।’

झापा जिल्लामा देखिएका हात्ती पीडित, कृषक र खोला पीडितका समस्या बारेमा संवाद गरिने उनले बताए। अभियानका क्रममा देखिएका जनताका समस्यालाई स्थानीय तहदेखि प्रदेश र संघसम्म पु¥याएर समाधान गरिने बाटो लाग्ने उनको भनाइ छ। यो व्यक्तिगत नभई समग्र पार्टीको अभियान भएको उनले बताए। हाम्रो मुख्य कार्यक्रम माघ १६ गते अर्थात् सहिद दिवसका दिन हुने बताउँदै महामन्त्री थापाले भने, ‘त्यस दिन देशभरका ६ हजार ७४३ वडामा कार्यक्रम गरिन्छ, सबै कार्यक्रममा वडा स्तरमा हुनेछ।’

त्यस्तै महामन्त्री विश्वप्रकाश शर्माले भने, ‘हामीले गरेका कमजोरीका कारण जनतामा पक्कै पनि असन्तुष्टि छ, जनतामा किन वितृष्णा र गुनासो छ, जनतालाई कहाँ दुखिरहेको छ, त्यसलाई प्रत्यक्ष संवादबाट चिर्नलाई पनि यो अभियानको थालनी गरेका हौँ।’ देशमा शान्ति स्थापना गर्नु छैन। संविधान बनाउनु छैन। लोकतन्त्र स्थापित गर्नु छैन। ती सबै कुराहरू प्रक्रियामा आइसकेको बताउँदै महामन्त्री शर्माले भने, ‘अहिलेको व्यवस्था जे छ त्यो सही छ, अव्यवस्था अन्त्य गर्न कांग्रेसको संकल्प अनुसार यो अभियानको सुरुवात गरिएको हो।’

त्यसैगरी कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले नेपालको लोकतान्त्रिक आन्दोलनमा जनताको रगत बगेको भूमिबाट यो अभियानको सुरुवात जिकिर गरे। हामीले राष्ट्र र जनताको हितमा काम गर्नुछ। ‘हामी हाम्रा लागि होइन, पार्टीका लागि होइन जनताका लागि हो,’ उनले भने, ‘हाम्रो सम्पूर्ण क्षमता र समर्पण जनताको लागि हो, यस अभियानबाट जनताको गाँस, बाँस र कपासको अवस्था कस्तो छ, कहाँ गल्ती र त्रुटि भयो त्यसलाई सच्याएर अघि बढ्नु छ।’

कांग्रेस ५ नम्बर वडा सभापति हरि बस्नेतको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा वडा, जिल्ला, केन्द्रीय सदस्यसहित विभिन्न भ्रातृ संघ तथा शुभेच्छुक संस्थामा आबद्ध प्रतिनिधिहरूको सहभागिता रहेको थियो। अभियानमा सहभागी नेताहरूले आज बिहान साढे ९ बजेदेखि १० बजेसम्म झापा चोकमा चिया संवाद गरेका छन्। त्यस्तै कञ्चनश्रीमा हात्ती प्रभावित क्षेत्रको अवलोकन गर्ने, कृषक समूहसँग संवाद गर्ने, झापा बजारमा खुला संवाद गर्ने कार्यक्रम छ।

कन्जीबारीमा पैदल यात्रा गर्दै कन्काई नदी तर्ने, खजुरागाछीमा खुला संवाद गरी ४ बजे झापाको चौकीघाटबाट मोरङ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। संवाद यात्राका लागि महामन्त्री थापा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपुर, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर पुग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार