मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

श्रोत नखुलेको पन्ध्र लाख भारतीय रुपैयाँ सहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
९ भाद्र २०८१, आइतबार

झापा ।  श्रोत नखुलेको पन्ध्र लाख भारतीय रुपैयाँ सहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा  भारतीय नागरिकहरु वैशालीको हाजिपुर नगर ठेगाना भएका ३४  वर्षीय ललन कुमार र सोही ठाउँ बस्ने २६ वर्षीय मोहन कुमार रहेकाे सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीले जनाएकाे छ ।

उनीहरूलाई आइतबार बिहान १० बजे सशस्त्र प्रहरी बल , नेपाल गुल्म जलेश्वरबाट मालिवडा बसपार्क इलाकामा खटिएको  शसस्त्रको टोलीले पक्राउ गरेको सशस्त्र प्रहरी बल, नेपाल नं ९ गण हेडक्वार्टर महोत्तरीका एसपी विनोद केसीले जानकारी दिए ।

उनीहरूको साथबाट सशस्त्र प्रहरीले भारतीय सीमा पार गरी नेपाल प्रवेश गरेको विआर ३१ एके ८८०७ भारतीय नम्बरको अल्टो कार चेकजाँच गर्ने क्रममा उक्त कारमा वैधानिक स्रोत नखुलेको १५ लाख २४ हजार ९ सय भारतीय रुपैयाँ बरामद गरेको एसपी केसीले जानकारी दिए ।

पक्राउ परेका उनीहरूमाथि आवश्‍यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको   उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै