मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले हरायो

देश प्रदेश डेस्क 5488+ समाचार ( )
८ आषाढ २०८१, शनिबार

झापा / टी-२० विश्वकप २०२४ को सुपर-८ अन्तर्गत आफ्नो दोस्रो खेलमा वेस्ट इन्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ ।

अमेरिकाले दिएको १२९ रनको मध्यम लक्ष्य वेस्ट इन्डिजले एक विकेटको क्षतिमा १०.५ ओभरमै पूरा गरेको हो ।

सहज जित निकाल्ने क्रममा वेस्ट इन्डिजका ओपनर शाही होपले ३९ बलमा ८ छक्का र ४ चौका मद्दतमा ८२ रनको अविजित इनिङ खेले ।

अर्का ओपनर जोनसन चार्ल्स १५ रनमा आउट हुँदा निकोलस पुनर घ छक्का र एक चौकासहित २७ रनमा अविजित रहे ।

अमेरिकाका हरमीत सिंहले एक विकेट लिए ।

यसअघि ब्रिजटाउनमा टस हारेर पहिले ब्याटिङ गरेको अमेरिका १९.५ ओभरमा १२८ रनमा अलआउट भएको थयो ।

अमेरिकाका एन्ड्रिस गोसले २९, नितिश कुमारले २०, मिलिन्द कुमारले १९, श्याडली भान श्यालवाएकले १८, अली खानले १४ र बरोन जोन्सले ११ रनको योगदान गरे ।

वेस्ट इन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले तीन/तीन, अल्जारी जोसेपले २ तथा गुडाकेश मोतीले एक विकेट लिए ।

सुपर-८ को पहिलो खेलमा वेष्ट इन्डिज इंग्ल्यान्डसँग पराजित भएको थियो भने अमेरिका साउथ अफ्रिकासँग पराजित भएको हो ।

अमेरिकाको यो दोस्रो हार हो । यससँगै अमेरिकाको अघिल्लो चरणको सम्भावना पनि सकिएको छ ।

समूह २ मा साउथ अफ्रिका २ खेल जितेर ४ अंकका साथ शीर्ष स्थानमा छ भने एक/एक खेल खेल जितेर २/२ अंक जोडेका वेस्ट इन्डिज र इंग्ल्यान्ड क्रमश: दोस्रो र तेस्रो स्थानमा छन् ।

अब वेस्ट इन्डिजले साउथ अफ्रिका र इंग्ल्यान्डले अमेरिकासँग खेल्ने छन् । दुवैले जितेमा नेट रनरेटका आधारमा अगाडि हुने दुई टोली अघिल्लो चरण प्रवेश पाउनेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार