मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

मेचीनगरमा इण्डो–नेपाल कराते प्रतियोगिता आयोजना हुने

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१५ भाद्र २०८०, शुक्रबार

झापा । मेचीनगरमा इण्डो–नेपाल कराते प्रतियोगिता आयोजना हुने भएको छ । सितोरीयो कराते स्कुल डोजोको आयोजनामा भोली (शनिबार)बाट ९ औँ इण्डो नेपाल कराते च्याम्पियनशिप प्रेसिडेण्ट कप–२०२३ आयोजना हुने भएको हो ।

प्रतियोगिता भदौ १६ र १७ गते (भोली र पर्सी) काँकरभिट्टा स्थित टाउनहलमा आयोजना हुँदैछ भने प्रतियोगितामा नेपाल र भारतका विभिन्न स्थानबाट खेलाडीहरु आउने भएका छन् । कार्यक्रमका संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री राजु महर्जन छन् भने रेफ्री संयोजकका रुपमा अन्तराष्ट्रिय रेफ्री चित्र बहादुर पुलामी छन् ।

कार्यक्रमका व्यवस्थापक बम बहादुर श्रेष्ठ (शम्भु)का अनुसार प्रतियोगिता आयोजनाका लागि १० देखि ११ लाख खर्च लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताका लागि अधिकांश खेलाडीहरु काँकरभिट्टा आइसकेका छन् भने केहि खेलाडीहरु आउने क्रममा रहेको कार्यक्रमका व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार भारतको गुजरात, कलकत्ता, सिक्किम, बागडुग्रा लगायतका स्थानबाट खेलाडीहरु आइसकेका छन् । नेपालको पाँचथर, कटारी, विराटनगर, धरान लगायतका स्थानबाट भने खेलाडीहरु आउने क्रममा छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै