मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

एमालेकाे मतदान प्राविधिक कारणले स्थगित, भाेलि बिहान ८ बजेबाट सुरु हुने

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१ पौष २०८२, मङ्गलबार

झापा /  नेकपा एमालेकाे जारी ११ औं अधिवेशनमा नयाँ नेतृत्व चयनका लागि आज हुने मतदान प्राविधिक कारणले भाेलि बिहान ८ बजेबाट सुरु हुने भएकाे छ ।

विद्युतीय मेसिनबाट हुने मतदानका लागि उम्मेदवारहरूको नामावली ढिला प्राप्त भएकाले इन्ट्री गराउन समय लागेको कारण आज हुने मतदान कार्यक्रम भाेलिमात्र हुने पार्टीका निवर्तमान महासचिव शंकर पाेखरेलले जानकारी दिए ।

'आज प्राविधिक कारणले मतदान हुन सकेन,' उनले भने, 'भोलि बिहान ८ बजे भृकुटीमण्डपमै मतदान हुनेछ।'

मेसिन उत्पादक कम्पनीलाई सोमबार राति मात्र उम्मेदवारहरूको नामावली प्राप्त भएको थियो। त्यस अनुसार विवरण इन्ट्री भइसकेको थियो तर पार्टीको निर्वाचन आयोगले नामहरू वर्णानुक्रम अनुसार सच्याएर पठाएकाे त्यस आधारमा इन्ट्री भइसकेको डेटा मिलाउन थप समय लागेपछि निर्धारित समयमा हुन नसकेको बताइएको छ।

मतदानका लागि सयवटा मेसिन राख्ने तयारी भइरहेको छ। एमालेको निर्वाचन आयोगले साँझ ८ बजे मतदान सुरू हुने सूचना प्रकाशित गरेको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै