मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

पाँच वर्ष नपुग्दै १८ हजारभन्दा बढी बालबालिका कडा कुपोषणको सिकार

भेषराज नेपाल 151+ समाचार ( )
२९ जेठ २०८३, शुक्रबार

झापा / नेपालमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या अझै गम्भीर रहेको तथ्य सार्वजनिक भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत गरिएको राष्ट्रिय पोषण लेखाजोखा अनुसार देशभरका १८ हजार ३ सय ९ जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको छ।

परिवार कल्याण महाशाखाका अनुसार देशका ७ सय ७ वटा स्थानीय तहमा गरिएको परीक्षणका क्रममा ठूलो संख्यामा बालबालिका कुपोषित अवस्थामा रहेको पाइएको हो। कुपोषणका कारण बालबालिकाको शारीरिक तथा मानसिक विकासमा प्रत्यक्ष असर पर्ने विज्ञहरूले बताएका छन्।

कलिलै उमेरदेखि कुपोषणको समस्या देखिएका बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरू विभिन्न संक्रामक तथा दीर्घकालीन रोगको उच्च जोखिममा रहने जनाइएको छ। स्वास्थ्यकर्मीहरूले समयमै पोषणयुक्त आहार, स्तनपानको प्रवर्द्धन र नियमित स्वास्थ्य परीक्षणलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

सरकारले कुपोषण न्यूनीकरणका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको भए पनि ग्रामीण तथा विपन्न समुदायका बालबालिकामा समस्या अझै चुनौतीपूर्ण रहेको देखिएको छ। विज्ञहरूले बालबालिकाको पोषण अवस्थालाई सुधार्न स्थानीय तह, अभिभावक र सरोकारवाला निकायबीच थप समन्वय आवश्यक रहेको बताएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार