मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

प्रमुख प्रशासकीय अधिकृत मिश्र बिर्तामाेडमा हाजिर भए

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१९ फाल्गुन २०८१, सोमबार
  बिर्तामोड नगरपालिकामा सरुवा भएर आएका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले आज कार्यालयमा हाजिर भएका छन् ।

कागेश्वरी मनोहरा नगरपालिका काठमाडौबाट सरुवा भएर बिर्तामोड आएका मिश्रलाई बिर्तामोड नगरपालिकाका कार्यबाहक नगर प्रमुख नगेन्द्रप्रसाद संग्रौलालगायतले स्वागत गरेका थिए ।

स्वागत कार्यक्रममा बोल्दै कार्यबाहक नगर प्रमुख संग्रौलाले कर्मचारीलाई राजनीति नगर्न र कामसंगै अनुशासनमा ध्यान पुर्याउन निर्देशन दिए । सबैले तहगत जिम्मेवारी पुरा गर्नु पर्नेमा जोड दिँदै उनले प्रक्रियागत ढंगले आएका कामहरु कुनै पनि बहानामा नरोक्न सुझाब दिए ।

यसैगरी कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत मिश्रले विकासको काममा पर्खेर नबस्ने प्रतिबद्धता व्यक्त गरे । जनप्रतिनिधि र प्रशासन विच नङ र मासुको सम्बन्ध हुनु पर्नेमा जोड दिँदै उनले कर्मचारीलाई कुनै समस्या भए आफुसंग आएर कुरा गर्न सुझाब दिए । दैनिक सेवा प्रवाहमा कुनै पनि समस्या हुन नहुने भन्दै मिश्रले यहाँका समस्यासंग आफु परिचित रहेको पनि बताए ।

प्रमुख प्रशासकीय अधिकृत मिश्रसंग यस अघि जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति, अख्तियार अनुसन्धान आयोग, वाणिज्य विभाग, वीर अस्पताल लगायतका कार्यालयमा काम गरेको लामो अनुभव छ ।

यस अघिका दुई प्रमुख प्रशासकीय अधिकृत छोटो समयमा नै सरुवा भएर गएपछि बिर्तामोडमा प्रमुख प्रशासकीय अधिकृत टिक्न गाह्रो हुन थालेको टिप्पणी हुँदै आएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार