मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

दोस्रो चन्द्रगढी नकआउट फुटबल प्रतियोगिता मंसिर ६ देखि सुरु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२ कार्तिक २०८२, शनिबार

चन्द्रगढी युवा क्लबको आयोजनामा दोस्रो चन्द्रगढी नकआउट फुटबल प्रतियोगिता २०८२ आगामी मंसिर ६ गतेदेखि सुरु हुने भएको छ।

यो प्रतियोगिता मेची रंगशाला, भद्रपुरमा सञ्चालन हुने क्लबले जनाएको छ। प्रतियोगितामा ८ टिमको सहभागिता रहनेछ। झापा लगायतका विभिन्न जिल्लाका उत्कृष्ट टिमहरूले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको उद्देश्य स्थानीय खेलाडीहरूमा फुटबलप्रतिको रुचि र क्षमता विकास गर्नु, साथै युवाहरूलाई खेलकुदतर्फ प्रोत्साहित गर्ने रहेको क्लबका अध्यक्षले बताएका छन्।

प्रतियोगिता अन्तर्गत पहिलो चरणका खेलहरू मंसिर ६ गतेदेखि दैनिक रूपमा सञ्चालन हुनेछन्। विजेता टिमलाई आकर्षक ट्रफी, मेडल र नगद पुरस्कार प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

चन्द्रगढी युवा क्लबले यसअघि आयोजित पहिलो संस्करणमा पनि स्थानीय र बाहिरी टिमहरूको राम्रो सहभागिता पाएको थियो। क्लबले यसपटकको दोस्रो संस्करणलाई अझ भव्य र व्यवस्थित रूपमा सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार