मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

सञ्चारकर्मी गिरीद्वारा लिखित 'सदरमुकाम भद्रपुरको गाथा' नामक पुस्तक विमोचन

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१३ आषाढ २०८२, शुक्रबार

झापा झापाको भद्रपुरमा सञ्चारकर्मी गोपाल गिरीद्वारा लिखित सदरमुकाम भद्रपुरको गाथा नामक पुस्तक विमोचन गरिएको छ।

भद्रपुर नगरपालिकाको सभाहलमा शुक्रबार आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका पूर्व  केन्द्रीय अध्यक्ष शिव गाउँले,  भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल,  उपप्रमुख राधा कार्की,  प्रेस काउन्सिल नेपालका वरिष्ठ अधिकृत झबिन्द्र भुषाल, पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष एकराज गिरी लगायतले सो पुस्तक विमोचन गरेका हुन्।

विमोचन कार्यक्रममा पुस्तकका बारेमा बाेल्दै लेखक गिरीले इतिहास लेख्नु भनेको एउटा खोज पत्रकारिता रहेछ।  यसको गहिराईमा जान धेरै गाह्रो हुने र मैले त एउटा गोरेटो मात्रै बनाएको हुँ। अझै धेरै खोज्न बाँकी रहेको बताए।

त्यसैगरी पत्रकार एवम मेची बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख चिन्तामणि दाहाल र सञ्चारकर्मी तथा कानुन व्यवसायी तारामणि सापकोटाले पुस्तकको समीक्षा गरेका थिए ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै पत्रकार महासङ्घ झापा शाखाका अध्यक्ष गिरीले नेपाल सरकार तथा यहाँका संघसंस्थाले गर्नुपर्ने काम एउटा व्यक्तिले गरेकोले उहाँको उचित कदर हुनुपर्ने बताए ।

प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत भुषालले इतिहास लेख्दा केही न केही छुट्ने भएकोले दोस्रो संस्करणमा सच्याउँदै जानुपर्ने बताए।

शुभकामना मन्तव्य राख्ने क्रममा भद्रपुर नगरपालिकाका उपमेयर कार्कीले नगरपालिकाले गर्नुपर्ने काम उहाँले गर्नुभएकोमा सधैंभरि साथ सहयाेग गर्ने बताइन् ।

नगरप्रमुख  पोखरेलले धेरै मिहिनेत लगाएर यो दस्तावेज तयार पार्नुभएको छ। यो हाम्रो सम्पत्ति भएकाले  यसलाई सबै वडामा राखेर प्रचार गरिने वताए ।

कार्यक्रमका प्रमुख अतिथि गाउँलेले पत्रकार भनेकाे मुख्य समचार खाेज्दै हिड्ने सधैंभरि हतारिने भएपनि गिरीले समय निकालेर एउटा ईतिहास सिर्जना गरेकाे बताए ।
प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार महासङ्घ झापा शाखा सचिव राजु पाठकले गरेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार