मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

इलामकाे गजुरमुखी निर्माण कम्पनीसहित २२ वटा कालोसूचीमा , हेराैँ काे काे परे

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१५ माघ २०८०, सोमबार

झापा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले कार्यसम्पादन राम्रो नभएका २२ निर्माण व्यवसायीहरुलाई कालोसूचीमा राखेको छ । ती निर्माण व्यवसायीहरु ३ देखि १ वर्ष अवधिका लागि कालोसूचीमा परेका छन् ।

कालोसूचीमा परेकाहरु कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

कालोसूचीमा परेकाहरुमा दीपक गौतम मुख्य व्यक्ति भएको गजुरमुखी निर्माण कम्पनी, इलाम लगायत छन् । लोहनी एण्ड ब्रदर्श प्रालि भरतपुर ७ चितवन  खोपनिधि लोहनी, शंकर प्रसाद लोहनी र लेखनिधि लोहनी मुख्य व्यक्ति भएको यो कम्पनी तीन वर्षका लागि कालोसूचीमा परेको छ ।यो कम्पनीलाई सडक डिभिजन कार्यालय भरतपुरले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

यसैगरी कर्णबहादुर खड्का मुख्य व्यक्ति भएको जेके बिल्डर्स, कोहलपुर-११ बाँके पनि तीन वर्षका लागि कालोसूचीमा परेको छ । यो कम्पनीलाई कालोसूचीमा राख्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय धनगढीले सिफारिस गरेको थियो ।

तीन वर्ष कालोसूचीमा परेका अन्य निर्माण व्यवसायीहरुमा पद्मा कुमारी शाही मुख्य व्यक्ति भएको शर्मिला निर्माण सेवा, सान्नी त्रिवेणी-८ कालिकोट र ओम गौरीशंकर इन्फास्ट्रक्चर प्रालि कीर्तिपुर छन् । ओम गौरीशंकरको मुख्य व्यक्ति मीनबहादुर भण्डारी छन् ।

यसैगरी सडक डिभिजन दमौलीको सिफारिसमा सुरेन्द्रराज रिजाल मुख्य व्यक्ति भएको देवी रमण कन्स्ट्रक्सन कम्पनीलाई साढे २ वर्ष कालोसूचीमा राखिएको छ ।

सडक डिभिजन दमौलीकै सिफारिसमा खड्गदेवी कन्स्ट्रक्स बन्दीपुरलाई दुई वर्ष कालोसूचीमा राखिएको छ । यसको मुख्य व्यक्ति डिलबहादुर गुरुङ छन् ।

यसैगरी , राजाबहादुर झा मुख्य व्यक्ति भएको नव निर्माण बिल्डर्स प्रालि, जनकपुर, स्वप्निल पौडेल मुख्य व्यक्ति भएको एस.बि.एम. इन्जिनियरिङ एसोसियट्स, काठमाडौं दुई वर्षका लागि कालोसूचीमा परेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार