मुख्य समाचार
भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद |

एमाले झापाको जिल्ला अधिवेशन बैशाख १४ र १५ गते

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२५ माघ २०८०, बिहीबार

झापा । नेकपा एमाले झापाको ११औं जिल्ला अधिवेशन आगामी २०८१ बैशाख १४ र १५ गते गर्ने निर्णय भएको छ ।

दुई दिनसम्म चलेको जिल्ला कमिटीको आठौं पूर्ण बैठकले महत्वपूर्ण निर्णयहरु गरेको जिल्ला प्रचार तथा प्रकाशन विभाग प्रमुख गोपाल काफ्लेले जानकारी दिए ।

 पार्टीका अध्यक्ष केपी शर्मा ओलीले सो बैठकको उद्घाटन गरेका थिए । बैठकमा निर्देशनात्मक मन्तव्य व्यक्त गर्दै उनले जिल्ला कमिटी र मातहतका सबै कमिटीहरु, जनसंगठन, जनवर्गीय संगठनहरु चुस्त दुरुस्त एवम् व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने दायित्व जिल्ला कमिटीको रहेको स्मरण गराएका थिए ।

 बैठकमा पार्टीका स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेलले जनप्रतिनिधिहरुले देखिने किसिमका गर्व गर्न योग्य कामहरु गर्नुपर्ने औंल्याउँदै वितेको ३५ प्रतिशत समयावधिमा के गरियो र अबको बाँकी समयमा के के गर्ने लक्ष्य र योजना छ, त्यस विषयमा समीक्षा गर्नुपर्ने धारणा राखेका थिए ।

उनले जिल्ला कमिटीको अधिवेशन पछिमात्र पालिका कमिटीको अधिवेशन सम्पन्न गर्नुपर्ने गरी ‘अपानि’ आएको स्मरण गराउँदै फागुन महिनामा गर्नेगरी निर्धारण भएको दमक नगर कमिटी र झापा गाउँ कमिटीको अधिवेशन स्थगित गर्न निर्देशन दिए ।

बैठकमा पालिका इन्चार्जहरुले रिपोर्टिङ गर्दा पालिका कमिटी र पालिका सरकारबीच समन्वय हुन नसकेको, निर्वाचनका बेला तयार पारिएको घोषणापत्र कार्यान्वयनमा चासो नदेखाएको, दीर्घकालीन महत्वका विषयमा निर्णय गर्नुपूर्व पार्टीसँग समन्वय नगरेको जस्ता विषय उठान भएकाले स्थायी कमिटी सदस्य खरेलले तत्कालै सम्बन्धित पालिका कमिटीको बैठक बोलाएर समन्वय सुरु गर्न निर्देशन दिएका थिए ।

पार्टीका कतिपय पुराना सदस्यहरुले सदस्यता नविकरण नगरेको विषयमाथि चर्चा गर्दै नेता खरेलले समग्र राष्ट्रिय राजनीतिको असर हो कि पार्टीप्रति वितृष्णा बढेको हो भन्ने मसिनो गरी खोजीनीति गर्नुपर्ने धारणा राखे ।

बैठकको अध्यक्षता गरेका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीले पालिका इन्चार्जहरुले प्रस्तुत गरेका सांगठानिक विवरणहरु तथा निर्वाचन क्षेत्रीय कमिटीका संयोजकहरुले प्रस्तुत गरेका राजनीतिक विश्लेषणलाई टिपोट कमिटीले आगामी बैठकमा रिपोर्ट बनाएर प्रस्तुत गर्ने जानकारी दिए ।

उनले २०८० चैत मसान्त सम्मका पार्टी सदस्य नै आगामी जेठ मसान्तसम्म कायम रहने भएकाले सबै अधिवेशनमा सहभागी हुन पाउने माथिल्लो कमिटीले निर्णय गरेको बैठकमा बताए ।

आगामी फागुन १० गतेभित्र पालिका कमिटीको बैठक आफ्नो भूगोलका नेता, नेतृत्व समेतलाई आमन्त्रण गरी सुझाव सल्लाह पनि लिने गरी आयोजना गर्न निर्देशन दिए ।

बैठकमा कोशी प्रदेश कमिटीका सचिव राजकुमार भण्डारीले झापाको राजनीतिक निर्णयले पूर्वका १४ वटै जिल्लालाई प्रभाव पार्ने गरेको बताए । पालिका इन्चार्जदेखि क्षेत्रीय संयोजकहरु सबैको रिपोटिङ सुन्दा झापाको पार्टी कामले निरन्तर गति लिएको भन्दै जनवर्गीय संगठनहरुको सक्रियता बढाउन सुझाव दिए ।

‘अन्य जिल्लाहरुमा पार्टी कमिटी र स्थानीय तहका जनप्रतिनिधिहरु बीच कामको तालमेल नमिलेको चर्चा हुने गरे पनि झापामा यस्तो कुरा कम मात्रामा उठ्नुले पार्टी लयमा छ भन्ने जनाउँछ’ प्रदेश सचिव भण्डारीको भनाई थियो ।

बैठकमा जेठ १५ गतेसम्ममा पालिका कमिटीको अधिवेशन गर्ने र जेठ मसान्त सम्ममा वडा कमिटी अधिवेशन गर्ने तालिका बनाउन मातहत कमिटीलाई निर्देशन दिने निर्णय भएको जिल्ला कमिटीका सचिव शिव ढुंगेलले बताए ।

बैठकमा कार्यालय सचिव छबिलाल विश्वकर्माले गत असार मसान्तसम्म जिल्ला पार्टी कार्यालयले गरेको आय र ब्ययको विवरण प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार