मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

मोरङमा कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा दम्पत्ती पक्राउ

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२८ आषाढ २०८१, शुक्रबार

झापा मोरङमा कुखुरा फर्म सञ्चालकको हत्या आरोपमा प्रहरीले दम्पत्तीलाई पक्राउ गरेको छ।

सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १ कुमार गाउँस्थित एक तले कुखुरा फर्ममा सञ्चालकको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नवराज कार्कीले जानकारी दिए।

बिहीबार बिहान साढे १० बजे सुन्दरहरैँचा-९ बस्ने ४९ वर्षीय सहदेव बजगाईको हत्या भएको हो। 

उनको हत्या आरोपमा प्रहरीले उर्लाबारी नगरपालिका-४ हाटखोलाका ३६ वर्षीय सुनिल तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटीलाई पक्राउ गरेको हो। 

उनीहरू सोही कुखुरा फर्ममा काम गर्थे । घटनापछि फरार भएका उनीहरूको प्रहरीले खोजी थालेको थियो। उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट प्रहरी निरीक्षक तेजबहादुर दाहालको कमाण्डमा खटिएको टोलीले धरान उपमहानगरपालिका वडा नम्बर १२ स्थित बलभद्रेश्वर मन्दिर अरूणादय धर्मशालाको गेष्टहाउसबाट पक्राउ गरेको हो।

उनीहरूबाट प्रहरीले मृतकको मोबाइल फोन पनि बरामद गरेको छ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि उनीहरूले नै हत्या गरेको खुलेको छ। उनीहरूले बञ्चरो र दाउ प्रहार गरेको एसपी कार्कीले बताए।

‘पुरुषले हत्याबारे स्वीकारेका छन्। घटना मध्यरातितिर भएको रहेछ। महिला चाहिँ घटना भइसकेपछि त्यहाँ पुगेको भनेर भनेका छन्,’ एसपी कार्कीले भने।द्यपि उनीहरूले हत्या गर्नुपर्ने कारण भने नखुलाएको एसपी कार्कीले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार