मुख्य समाचार
कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग | रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद |

कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ

देश प्रदेश डेस्क 5414+ समाचार ( )
१५ भाद्र २०८३, सोमबार

झापा / उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन जंगलबाट प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ। प्रहरीले जंगलमा लुकाइछिपाइ राखिएको १ हजार १२२ किलो ६७ ग्राम गाँजासहित तीन जनालाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार विशेष सूचना पाएपछि इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले सोमबार बिहान करिब ४ बजे शान्तिवन क्षेत्रमा खोजतलास गरेको थियो। त्यसक्रममा जंगलभित्र ५२ वटा बोरामा प्याक गरी लुकाएर राखिएको अवस्थामा गाँजा फेला परेको हो।

गाँजा ओसारपसारमा प्रयोग भएको बा.१६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका ५५ वर्षीय रामबहादुर मगर, २१ वर्षीय नेकबहादुर मगर र ४६ वर्षीय पृथ्वीराज मगर रहेका छन्। उनीहरूलाई गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

बरामद गाँजा, बोलेरो र पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय कटारीमा राखिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कटारी क्षेत्रमा पछिल्लो समय गाँजा ओसारपसारविरुद्ध प्रहरीले निगरानी तथा कारबाही बढाएको देखिन्छ। यसअघि पनि कटारी–४ मरुवा खोलाबाट १९९ किलो ३२० ग्राम गाँजासहित एक जना पक्राउ परेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार