मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

दमकमा तीन बन्दकर्ता पक्राउ,बन्दको आंशिक प्रभाव

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२० माघ २०८१, आइतबार

झापा   बन्द गराउदै हिडने तीनजनालाइ प्रहरीले दमकबाट नियन्त्रणमा लिएकाे छ  । दमक –६ स्थित आकाशे पुलमा भेला भई बन्द गराउन खोज्दा प्रहरीले ३ जना बन्दकर्तालाई पक्राउ गरेको हाे  । उनीहरुलाई इलाका प्रहरी कार्यालय दमकमा लगिएको छ । पक्राउ पर्नेमा पदम बेघालगायत रहेका छन् । सवारी साधनको चाबी थुत्न खोज्दा उनीहरुलाई पक्राउ गरिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले बताए । आज बिहान ५ः३० बजे झापाको बुद्धशान्ति –४ बर्नेस्थित मेची राजमार्गमा मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले २ वटा घाघरुको रुख ढालेर मेची राजमार्ग अवरुद्ध पारेका थिए । त्यसलाई पन्छाएर सडक सुचारु गराएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी  चन्दले बताए । युक्त संघर्ष समितिका कार्यकर्ताहरुले आव्हान गरेको ९ जिल्ला बन्दको आंशिक प्रभाव परेको छ ।

ताप्लेजुङको पाथीभरा क्षेत्रमा केवलकारको विरोध गर्दै मुक्कुम्लुङ संरक्षण र केबलकार खारेजी संयुक्त संघर्ष समितिका कार्यकर्ताहरुले आव्हान गरेको ९ जिल्ला बन्दको आंशिक प्रभाव परेको छ ।त्यस्तै  पूर्वपश्चिम राजमार्गमा आंशिकरुपमा सवारी साधन चलेका छन् ।

पूर्वी पहाडी जिल्लामा भने यातायात चलेको छैन । बन्दकर्ताहरुले गत माघ १५ गतेदेखि मेची राजमार्गमा यातायात बन्द यथावत राखेका छन् । जसका कारण जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार