मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

बिर्तामोडमा कर बढाउने निर्णय फिर्ता

देश प्रदेश डेस्क 5301+ समाचार ( )
३२ श्रावण २०८०, बिहीबार

झापाको बिर्तामोड नगरपालिकाले सम्पत्ति कर वृद्धि गर्ने निर्णय फिर्ता लिएको छ । नगरवासीको विरोधपछि पालिकाले चालु आर्थिक वर्षमा सम्पत्ति कर वृद्धि गर्ने नियर्ण फिर्ता लिएको हो ।

आज बसेको कार्यपालिका बैठकबाट नगरपालिकाले सम्पत्ति करलाई साबिक बमोजिम कायम गर्ने निर्णय गरेको नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले जानकारी दिनुभयो । नगरपालिकाले गत असार १३ गतेको नगर अधिवेशनमा सम्पत्ति करमा हेरफेर तथा विस्तार गर्ने निर्णय गरेको थियो । त्यसको विरोध भएपछि  नगरपालिका कर बृद्धि गर्ने निर्णयबाट पछि हटेको हो ।

जिल्लाको तेस्रो ठूलो नगरपालिकाका रूपमा रहेको बिर्तामोडमा सम्पत्ति कर वृद्धिको निर्णयबाट पछि हट्नुपर्दा नगरपालिकालाई २ करोड रुपैयाँभन्दा बढीको घाटा हुने राजस्व शाखाका प्रमुख पदमराज घिमिरेले जानकारी दिनुभयो । गत वर्ष बिर्तामोडमा सम्पत्ति करबाट साढे ४ करोड रुपैयाँभन्दा बढीको राजस्व संकलन भएको थियो । बिर्तामोड नगरपालिकामा चालु आर्थिक वर्षका लागि संघीय सरकारबाट साढे ४ करोड अनुदान घटेर प्राप्त हुने नगर प्रमुख पवित्रादेवी महतारा प्रसाईले बताउनुभयो ।

नगरलाई आवश्यक विकासका लागि थप स्रोतको पहिचान गर्नुपर्ने अवस्थाका कारण सम्पत्ति करमा हेरफेर गरिएकोमा स्थानीयको गुनासोपछि त्यसलाई साबिक बमोजिम नै कायम राख्ने निर्णय भएको उहाँको भनाई छ । करको दर हेरफेर गर्न नपाउँदा नगरस्तरका योजना र कार्यक्रममा असहजता आउने पनि उहाँको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार