मुख्य समाचार
भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै |

स्कुटी दुर्घटनामा पछाडी सवार एकजनाकाे मृत्यु

देश प्रदेश डेस्क 5407+ समाचार ( )
२६ आषाढ २०८३, शुक्रबार

                                                                                                                              साङ्केतिक तस्विर

झापा स्कुटी दुर्घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् । मृत्यु हुनेमा स्कुटीमा पछाडी सवार धादिङ थाक्रे गाउँपालिका ११ स्थायी घर भई हाल कमल ६ बस्ने ३० वर्षीय राजन तामाङ रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

प्रहरीले दिएकाे विवरण अनुसार झापाको कमल गाउँपालिकामा भएको हिजो साँझ ६ः४० बजे कमल गाउँपालिका २ छलफल चोकस्थित भित्री सडकखण्डमा केर्खाबाट समयगढतर्फ जाँदै गरेको मे.११ प.१६१८ नम्बरको स्कुटी आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा स्कुटी चालक इलाम माई नगरपालिका १ स्थायी ठेगाना भई हाल दमक ५ बस्ने २९ वर्षीय राजन महत घाइते भएका थिए । टाउको र बायाँ कानमा चोट लागेका गम्भीर घाइते महतलाई निम्स अस्पताल दमकमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड रेफर गरिएको थियो ।

सोही स्कुटीमा पछाडी सवार धादिङ थाक्रे गाउँपालिका ११ स्थायी घर भई हाल कमल ६ बस्ने ३० वर्षीय राजन तामाङ पनि गम्भीर घाइते भएका थिए । उनको निम्स अस्पताल दमकमा उपचार भइरहेकोमा साँझ ७ः३० बजे डाक्टरले मृत घोषणा गरेका थिए । मृतकको शवलाई आवश्यक कानुनी प्रकृयाको लागि दमक अस्पताल दमकको शवगृहमा राखिएको छ । स्कुटी प्रहरी चौकी तोपगाछीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार