मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

प्रेस काउन्सिलले पत्रकारलाई ल्यापटप र क्यामरा खरिदमा अनुदान दिने

देश प्रदेश डेस्क 5451+ समाचार ( )
७ माघ २०८०, आइतबार

झापा  प्रेस काउन्सिल नेपालले मिडियाहरुको क्षमता अभिवृद्धि गर्ने योजनाअनुसार ल्यापटप र क्यामरा खरिदमा पत्रकारलाई अनुदान दिने भएको छ।

काउन्सिलले मिडिया विकास कोषको स्वीकृत नीति एवम् बजेट तथा कार्यक्रमअनुसार आर्थिक वर्ष २०८०/८१ का लागि अनुदान कार्यक्रम तय गरेको हो।

काउन्सिलले आइतबार जारी गरेको सार्वजनिक सूचनाअनुसार ३० ओटा ल्यापटप खरिदका लागि अनुदान दिन लागिएको जनाएको छ। अनुदान एक ल्यापटप बराबर ४० प्रतिशत उपलब्ध गराइनेछ।

यसैगरी ६ ओटा क्यामरा खरिदमा ३० देखि ४० प्रतिशत अनुदान दिन लागेको छ भने १० जनालाई लेखनवृत्ति, ७ जनालाई सोधपत्र लेखनमा सघाउनेछ।

यसका साथै एक सञ्चारकेन्द्र स्थापनामा पनि अनुदान दिने काउन्सिलले जनाएको छ।

काउन्सिलको सूचनाअनुसार एक पत्रकार वा सञ्चारगृहबाट एक मात्र सुविधाका लागि आवेदन दिन सकिनेछ।

दुर्गम, स्थानीय सञ्चारमाध्यम र यसअघि उपलब्ध नभएका जिल्लालाई पहिलो प्राथमिकता दिइने भन्दै काउन्सिलले ३५ दिनभित्र आवेदन दिन सकिने जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार