झापा / झापाको भद्रपुरस्थित निर्माणाधीन प्रादेशिक अस्पतालमा ठेकेदारले सर्वसाधारण र बिरामीको जीवनमाथि चरम खेलबाड गरिरहेको पाइएको छ।
हिमतारा पूर्वधार विकास कम्पनी सुनसरीले अस्पतालको मुख्य परिसरमै एक
तला थपिदै गरेको नयाँ भवनमा न्यूनतम सुरक्षा मापदण्ड समेत पालना नगरी निर्माण
कार्य अघि बढाइँदा अस्पताल आउने बिरामी र तिनका आफन्तहरू 'मृत्युको
धराप' मुनि हिँड्न बाध्य छन्।
भवन निर्माण भइरहेको क्षेत्रमा चारैतिर सुरक्षा जाल वा छेकबार लगाउनु
अनिवार्य कानुनी र प्राविधिक नियम हो। तर, यस
अस्पतालको निर्माणाधीन भवनमा कुनै पनि छेकबार लगाइएको छैन। तल बिरामी र
सर्वसाधारणको निरन्तर आवतजावत भइरहँदा माथि खुला रूपमा फलामका डण्डी, काठ
र गहु्रँगो निर्माण सामग्रीको काम भइरहेको छ।
भवनको माथिल्लो तलामा काम गरिरहेका कामदारहरूले समेत कुनै पनि
व्यक्तिगत सुरक्षा उपकरण (PPE) प्रयोग गरेका छैनन्। न त उनीहरूले
सेफ्टी हेल्मेट लगाएका छन्, न त सेफ्टी बेल्ट नै बाँधेका छन्। यसले
कामदार आफैं पनि जुनसुकै बेला खसेर दुर्घटनामा पर्न सक्ने गम्भीर जोखिम
निम्त्याएको छ।
अस्पताल जस्तो संवेदनशील क्षेत्रमा दैनिक सयौंको संख्यामा अशक्त बिरामी, वृद्धवृद्धा र बालबालिका उपचारका लागि आउने गर्छन्। माथि काम भइरहेको ठाउँबाट एउटा सानो औजार, इँटा वा फलामको डण्डी मात्र तल खसेमा पनि पैदल यात्रुको घटनास्थलमै ज्यान जान सक्छ। यस्तो अवस्थामा कुनै अप्रिय दुर्घटना भई कसैको ज्यान गएमा यसको जिम्मेवारी कसले लिने? निर्माण कम्पनी, अस्पताल प्रशासन तथा व्यवस्थापन वा सम्बन्धित नियामक निकाय? यो गम्भीर प्रश्न खडा भएको छ।
प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट सञ्जय कुमार
गुप्ताले पटक-पटक
मौखिक जानकारी निर्माण कम्पनीलाई गराएपनि वस्ता नगरेपछि लिखित जानकारी समेत गरेको
बताए । उलने भने, "यो कम्पनीले ठुलो लापारबाहि गरेको हो,
कुनै वेला पनि दुर्घटना हुन सक्छ" ।
निर्माण कम्पनीका सञ्चालक खगेन्द्र पौडेलले यो सामान्य विषय हो ।
पहिला सुरुमा छेकबारका रुपमा झुल लगाएका थियौं । भवनको पिल्लर उठाउँदा पुरानो
पिल्लर भत्काउदा कङ्क्रिटको टुक्रा झुलमा अड्किएर झन ठुलो दुर्घटना हुने भएका कारण
हटाएको बताए । उनले भने मैले मजदुरलाई सबै सुरक्षाका सामाग्री दिएकछु तर उनीहरु नै
लाउन मान्दैनन् । अरु के के भएको छ म आफै निर्माण स्थलमा आएर हेर्ने छु ।
यता सघन सहरी तथा भवन निर्माण आयोजनाका आयोजना प्रमुख प्रदिप कुमार सिहंले पहिला निर्माण सुरु गर्दा जाली प्रयोग गरेपनि अहिले काम गर्न अफ्ठ्यारो भएर हटाएको तर भोलीदेखिन नै पुनः जाली लगाउने बताए ।
२०८३ वैसाख २२ गते भ्याटसहित ७ करोड ४ लाख ८८ हजार ९७८ रुपैयाँ कुल लागतमा २०८४ असार १५ गते भित्र सम्पन्न हुने गरी सम्झौता भएको थियो ।
गत मङ्गलबार झापाको बाह्रदशी गाउँपालिका–५ स्थित गाउँपालिकाको ३ तले भवनमा रङ लगाउने क्रममा भवनबाट लडेर मोरङकाे सुन्दरहरैँचा नगरपालिका–४ का ४२ वर्षीय टंक थापाकाे मृत्यु भएको थियो ।
सम्बन्धित निर्माण व्यवसायीको यस्तो गैरजिम्मेवारपूर्ण शैली र
त्यसमाथि अस्पताल प्रशासन तथा स्थानीय प्रशासनको लाचारीपनले ठूलो दुर्घटनालाई
आमन्त्रण गरिरहेको छ। धनजनको क्षति हुनु अगावै यस विषयमा कडा कदम चाल्न र तत्काल
सुरक्षा घेरा तथा छेकबार निर्माण गराउन पर्ने देखिएको छ ।
नियमन र अनुगमन नभैदिँदा नीति नियमको पालना गर्ने संस्थाको लापरबाहीले दुर्घटना भए त्यस्को जिम्मेवारी कस्ले लिने । यस्तो गैह्र जिम्मेवार काम नहोस् सुरक्षित भएर काम गर्ने कुरामा सम्बन्धित निकायको तत्काल ध्यान जाओस् ।