मुख्य समाचार
नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन | गौरीगञ्ज–१ का वडा सचिव साह १० हजार घुससहित पक्राउ | मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु | एमबीएस प्रश्नपत्र लिक प्रकरण: मुख्य आरोपी सन्दिप सिंहसहित दुई जना पक्राउ | अरुण तेस्रोको बाँध ८० प्रतिशत बन्यो, जग्गा विवादले प्रसारण लाइन अवरुद्ध | त्रिवि एमबीएस प्रश्नपत्र आउट प्रकरण: दुई जना पक्राउ, छानबिन तीव्र | पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार | असफल वाम एकताको चक्रव्यूहमा नेपाली कम्युनिस्ट: जुट्दै फुट्दै ७६ वर्ष |

संखुवासभामा पहिरोमा परेर सासू- बुहारीकाे ज्यान गयाे ,एक गम्भिर घाइते, तीन सकुशल

देश प्रदेश डेस्क 5329+ समाचार ( )
१ श्रावण २०८१, मङ्गलबार

झापा  संखुवासभामा पहिरोमा परेर मंगलबार बिहान एकै परिवारका दुई जनाले ज्यान गुमाएका छन्। 

ज्यान गुमाउनेमा सिसुवाखोलाका ५५ वर्षीया मोतीमाया राई र २७ वर्षीया समीक्षा राईको मृत्यु भएको काेशी प्रदेश प्रहरीले जनाएकाे छ ।  घटनास्थलमै मृत्यु भएका उनीहरू सासूबुहारी भएकाे प्रहरीले जनाएकाे छ । सिलिचोङ गाउँपालिका–१ विलुवा दोभानमा मंगलबार बिहान पहिरो खस्दा पुरिएर मृत्यु  भएको हो। जिल्ला सदरमुकाम चैनपुरबाट पाँच घण्टा पश्चिम उत्तर पैदल दुरीमा रहेको घटनास्थलबाट सशस्त्र प्रहरीले एक जनाको हेलिकप्टरबाट उद्धार समेत गरेको छ।

मंगलबार बिहान करिब ५ बजेतिर घर माथिबाट पहिरोसँगै खसेको ठूलो ढुंगाले उनीहरूलाई किचेको थियो। ढुंगाले किचेर २७ वर्षीया छोरी रविना राई पनि गम्भीर घाइते भएकी छन्। उनलाई ९ घण्टापछि उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् सशस्त्र प्रहरी बल अस्पताल बलम्बु काठमाडौं लगिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार पहिरो खस्दा घरभित्र ६ जना थिए। तीमध्ये ३३ वर्षीय मनिकुमार राई, नाति १२ वर्षीय अमिर राई र नतिनी ४ वर्षीया समृद्धि राई भने सकुशल छन्। समीक्षाका पति विदेशमा रोजगारीमा छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार