शङ्कट हरेश्वर विश्रान्ती घाट भद्रपुरमा चुडाल

देश प्रदेश डेस्क 5156+ समाचार ( )
२६ श्रावण २०८१, शनिबार

झापा शङ्कट हरेश्वर विश्रान्ती घाट भद्रपुर ७ देउनियामा रेमनाथ चुडालको अध्यक्षतामा १७ सदस्य रहने गरी घाट व्यवस्थापन समिति चयन गरिएको छ । व्यवस्थापन समितिको शनिबार सम्पन्न आठौँ बार्षीक साधारण सभाले सर्वसम्मत समिति चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा पुष्पलाल सिं राजवंशी ,सचिवमा हरि कोइराला,कोषाध्यक्षमा महतलाल राजवंशी र सहसचिवमा केदार पाेखरेल रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा गोपाल भूर्तेल,खड्गबहादुर कार्की,सरिता ढकाल, कपिल पौडेल,उर्मिला गौतम,गोविन्द कोइराला,केशव कोइराला,जीवन सुब्बा,एलिमाया दाहाल,रामकुमार गिरी ,हरि ढकाल र मुना गिरी सर्वसम्मत चयन भएका छन् ।


बन्द सत्रबाट गोपाल आचार्यको संयोजकमा बनेको निर्वाचन मण्डल र वडा नम्बर ७ का अध्यक्ष अभिषेक ढुङ्गानाको सहजीकरण समितिले नाम प्रस्ताव गरेको थियो । प्रस्तावित नामावलीबाट नयाँ समिति अनुमोदन गरिएको निर्वाचन मण्डलका संयोजक आचार्यले बताए । नव निवाचित समितिलाइ संयोजक आचार्यले सपथ ग्रहण गराएका थिए ।
व्यवस्थापन समितिका अध्यक्ष हरि प्रसाद निरौलाको सभापतित्व तथा भद्रपुर नगरका मेयर गणेश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा घाटलाइ भौतिक निर्माणमा सहयोग पुर्याएको भन्दै केही संस्था तथा व्यक्तिलाइ सम्मान गरिएको थियो ।

कार्यक्रममा साङगठनिक एवं आर्थिक प्रतिवेदन समेत प्रस्तुत् गरिएको थियो ।


सहसचिव हरि कोइरालाले सञ्चालन तथा सदस्य उर्मिला गौतमले स्वागत गरेको कार्यक्रममा नगर उपप्रमुख राधा कार्की ,संस्थापक अध्यक्ष निलमणि नेपाल ,सम्मानितको तर्फबाट गङ्गा ओली,नागरिक एफएमका प्रबन्ध निर्देशक चिन्तामणि दाहाल, वडा नम्बर ७ वडाध्यक्ष अभिषेक ढुङ्गाना, नवनिर्वाचित अध्यक्ष रेमनाथ चुडालले मन्तव्य राखेका थिए ।  


संस्थामा हालसम्म १४७ आजिवन, विशिष्ट आजिवन सदस्य २८,संरक्षक ७८ र सम्मानित सदस्यगरी २ सय ६६ रहेको समितिले जनाएको छ ।

यो घाट भद्रपुर नगरको उत्कृष्ट र व्यवस्थित रहेकोले बार्षीक एकसय जनाको अन्त्यष्टि हुदै आएको समितिको तथ्याङ्मा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

हरि कोइराला २६ श्रावण २०८१, शनिबार

सह सचिव केदार पोखरेल

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार