मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

अमेरिकामा आगलागी हुदा ११ जनाको मृत्यु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२७ पौष २०८१, शनिबार

क्यालिफोर्निया  अमेरिकामा आगालागीमा परेर हालसम्म ११ जनाको मृत्यु भएको लस एन्जलस काउन्टीको मेडिकल एक्जामिनरले पुष्टि गरेकाे बीबीसी समाचारमा उल्लेख छ। शुक्रबार दिउँसो (अमेरिकी समय) जारी गरिएको अपडेटमा, चिकित्सा परीक्षकले पालिसेड्स आगलागीमा पाँच जनाको मृत्यु भएको र अन्य छ जना इटन आगलागीमा मृत्यु भएको बताएका छन्।

मृतकमध्ये अहिलेसम्म तीन जनाको मात्र पहिचान भएको छ। लस एन्जलसका पाँच क्षेत्रमा फैलिएको आगो नियन्त्रण गर्न अग्निनियन्त्रकहरू अथक प्रयास गरिरहेका छन्।

पालिसेड्समा आगोले अन्यत्रभन्दा विकराल रुप लिएको छ। यहाँको २० हजार एकडभन्दा बढी जमिन आगलागीबाट प्रभावित भएको छ। अहिलेसम्म जम्मा आठ प्रतिशत आगो नियन्त्रणमा आइसकेको छ।

इटनमा लागेको आगलागीका कारण करिब १४ हजार एकड क्षेत्रफल जलेर खरानी भएको छ। यहाँ तीन प्रतिशत आगो नियन्त्रणमा आएको जनाइएको छ।लिडियामा लागेको आगो ७५ प्रतिशत नियन्त्रणमा आइसकेको छ। यहाँ आगलागीबाट करिब ४०० एकड जमिन प्रभावित भएको छ।

हर्स्टमा ७७१ एकड जमिन जलेको छ र आगो ३७ प्रतिशत नियन्त्रणमा आइसकेको छ। यसैबीच केनेथमा एक हजार एकडभन्दा बढी क्षेत्रमा फैलिएको आगो फैलिनबाट रोकिएको छ। अहिलेसम्म ३५ प्रतिशत आगो नियन्त्रणमा आइसकेको बीबीसीमा जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार