मुख्य समाचार
नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन | गौरीगञ्ज–१ का वडा सचिव साह १० हजार घुससहित पक्राउ | मध्यरातकाे झडपछि सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु | एमबीएस प्रश्नपत्र लिक प्रकरण: मुख्य आरोपी सन्दिप सिंहसहित दुई जना पक्राउ | अरुण तेस्रोको बाँध ८० प्रतिशत बन्यो, जग्गा विवादले प्रसारण लाइन अवरुद्ध | त्रिवि एमबीएस प्रश्नपत्र आउट प्रकरण: दुई जना पक्राउ, छानबिन तीव्र | पर्साको आँप बगैँचाबाट १४० किलो गाँजा बरामद, कारोबारी फरार | असफल वाम एकताको चक्रव्यूहमा नेपाली कम्युनिस्ट: जुट्दै फुट्दै ७६ वर्ष |

पुराणको प्रसाद खाएर झापा बनियानीमा १९ जना विरामी

देश प्रदेश डेस्क 5329+ समाचार ( )
१८ फाल्गुन २०८१, आइतबार

झापा पुराणको प्रसाद खाएर झापाको कचनकवल–६, बनियानीमा  १९ जना विरामी भएका छन् ।

पशुपति दाहालको वार्षिकीमा विष्णु दाहालको घरमा तीन दिनदेखि लगाइएको पुराणको प्रसाद खाएर ३ जना बालबालिकासहित १९जना विरामी भएकाे प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीले जनाएकाे छ ।  शनिबार बेलुका प्रसाद खाएकोमा आइतबार बिहानदेखि उनीहरुलाई ज्वरो आउने , टाउको दुख्ने , बान्ता हुनेजस्ता समस्या देखिएको प्राथमिक स्वास्थ्य केन्द्र, बनियानीका चिकित्सक डा. दिपेन राजवंशीले बताए छ । बिरामीहरूमा इन्टापमिवा हिस्टोलाइटिका नामक कीटाणु समेत देखा परेको राजवंशीले बताए । अधिकांश बिरामीहरूको स्वास्थ्य अवस्था सामान्य बन्दै गएको उनकाे भनाइ छ  ।प्राथमिक केन्द्र भएकोले बेड तथा जनशक्ति अभावका कारण उपचारमा केही असहज भएको उनले जानकारी दिए ।

बिहान साढे ११ बजे शुरुमा एकजना वृद्धा विरामी भएर आएकोमा त्यसपछि अरु पनि आउन थालेको  डा. राजवंशीले बताए । उनले स्वास्थ्य केन्द्र विरामीले भरिसकेको जानकारी दिए । हालसम्म १९ जना विरामीमा समस्या देखिएकाे उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार