मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

छठ पर्वको तेस्रो दिन आज खरना

देश प्रदेश डेस्क 5301+ समाचार ( )
२ मंगशिर २०८०, शनिबार

झापा आस्था भक्ति र निष्ठापुर्वक घरघरमा मनाईने छठपर्वको तेस्रो दिन आज साँझ खरना मनाउँदै छ। सबैभन्दा कठोर एवम निष्ठापूर्वक मनाइने छठ पर्वको तेस्रो दिन साँझमा खरना मनाउने भएका छन्।  दिनभरि निराहार उपवास बस्ने व्रतालुहरु साँझ घरमा सख्खर र दुधमा तयार पारिएको चावलको खिर भगवानलाई चढाई खरना पर्व मनाउने भएका छन्। भगवानलाई अर्पण गरिएको खिर प्रसाद स्वरुप स(परिवार ग्रहण गर्ने गरिन्छ। 

आजका दिन युवाहरु मिलेर छठ मनाइने नदि या ताल या पोखरीको किनार तथा सडक सफागर्ने, घाँसहरु खुर्किने र पानीलाई सफा गर्ने चलन रहेको छ। तराईतिर यसरी पोखरी सफा गर्दा तिहारमा द्वारकारुपमा गाडिएको केराका थम्वाहरु जम्मा गरेर तिनलाई बाँसले उनेर एकप्रकारको पानीमा नडुब्ने नाँउ बनाईन्छ, केराको थम्वापानीमा नडुब्ने भएकाले यस नाँउमा चढेर, लठ्ठिले खियाँउदै पोखरीको पानी सफा गर्ने गरिन्छ। 

त्यस्तै व्रतको चौथो दिनलाई सन्ध्या अर्ध भन्ने गरिन्छ।  व्रतालु निराहार ब्रत बसि साँझमा अस्ताउदो सुर्यलाई घरमा तयार पारिएको ठकुवा भुसुवा, मिठाई प्रकारहरु, नौवैद्य, फलफूल सामग्री, नरिवल, केरा लगायतका पूजा सामग्रीहरु शुद्धि गरि नजिकै रहेको जलाशयमा गएर अर्घ्य दिने चलन रहेको छ। त्यस्तै पूजा सामग्रीको रुपमा केराको घोघा, नरिवल, भोगटे अनि अन्य फलफूलहरु ल्याएर राखिदिने चलन समेत रहेको छ। यसरी ल्याईएका फलफूलहरुलाई छठको अन्तिम दिन विहानै अध्र्यस्वरुप पुनः सन्ध्या अर्घ्य झै एकाविहानै उदाँउदो सूर्यलाई अध्र्य देखाएर व्रतको समापन गर्ने गरिन्छ। 

छठको लागि भक्तजनहरुले विभिन्न मनोकांक्षा पूर्ण होस् भनेर भाकल राखेका हुन्छन् र त्यही अनुरुप छठमा प्रसादी चढाउने चलन चलि आएको छ। छठ विशुद्धरुपमा एउटा धार्मिक आस्थाको पर्व हो र यसमा जनावर काटमार गर्ने या जीव बली भाकल गर्ने चलन छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार