मुख्य समाचार
रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता |

हरेक महिना १० हजार विद्यार्थीले छाड्छन् देश

देश प्रदेश डेस्क 5408+ समाचार ( )
१३ कार्तिक २०८०, सोमबार

काठमाडौँ । उच्च शिक्षा अध्ययन गर्न हरेक महिना १० हजार विद्यार्थीले मुलुक छाड्ने गरेका छन् । यो संख्या भारतबाहेकको हो । शिक्षा मन्त्रालयलअन्तर्गत वैदेशिक अध्ययन अनुमति शाखाले उपलब्ध गराएको तथ्यांकअनुसार दैनिक करिब २ सय बढीले नो अब्जेक्सन लेटर (एनओसी) लिने गरेका छन् ।

नेपालमा उच्च शिक्षाको भविष्य राम्रो भए तापनि पढाइसँगै कमाइ गर्ने योजनाअनुसार अधिकांश विद्यार्थी माध्यमिक शिक्षा (कक्षा १२) उत्तीर्ण हुनासाथ विदेशिने गरेका छन् । शाखा प्रमुख उपसचिव देवका ढकालका अनुसार चालु आर्थिक वर्षको असोज महिनासम्मको तथ्यांक अध्ययन गर्दा प्रत्येक महिना करिब १० हजारको संख्यामा विद्यार्थीले एनओसी लेटर लिने गरेका छन्।

असारमा ११ हजार २ सय १७ साउनमा १० हजार १ सय ८२ जनाले नो अब्जेक्सन लेटर लिएका छन् । भदौ र असोजमा मासिक करिब १० हजारले एनओसीलेटर लिएका छन् । तथ्यांकअनुसार वार्षिक करिब १ लाख १० हजार विद्यार्थीले एनओसी लेटर लिने गरेका छन् ।

एनओसी लिएका अधिकांश विद्यार्थी उच्च शिक्षा अध्ययन गर्न विदेशिने गरेका छन् । नेपाली विद्यार्थीहरू अस्ट्रेलिया, अमेरिका, स्विजरल्यान्ड, बेलायत, जापान, जर्मन, साइप्रस, क्यानडा, चीनलगायत ९० बठीमुलुकमा उच्च शिक्षा अध्ययन गर्न विदेशिने गरेका छन् । 

पछिल्लो समय नयाँ मुलुक रोमानियामा अध्ययन गर्न पनि एनओसी लेटर लिएका छन् । शाखाका अनुसार नयाँ मुलुक अध्ययन गर्न जाने विद्यार्थीको संख्या बढ्न थालेको छ । शाखा प्रमुख उपसचिव ढकालले विद्यार्थीको नयाँ आकर्षण नयाँनयाँ मुलुकसमेत हुन थालेको बताए ।

विदेशमा अध्ययनका लागि जाँदा ्र वार्षिक करिब १ खर्ब बाहिरिएको छ । यो तथ्यांक अघिल्लो आर्थिक वर्षको हो । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार