मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

कोशीमा काँग्रेसबाट राष्ट्रिय सभाको उम्मेदवार सिटौला

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२२ पौष २०८०, आइतबार

झापा नेपाली कांग्रेसले कोशी प्रदेशबाट राष्ट्रियसभाको उम्मेदवार कृष्णप्रसाद सिटौलालाई बनाउने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय बोर्डको बैठकले सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
सिटौला सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर काठमाडौंबाट हिँडिसकेका छन् । सत्तारुढ गठबन्धनको भागबण्डा अनुसार कोशीमा अन्यतर्फ काँग्रेसले र महिलातर्फ माओवादीले उम्मेदवार उठाउने तय भएको थियो । माओवादीले महिलामा ओखलढुंगाकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

नेपाली काँग्रेसका पूर्वमहामन्त्री रहेका सिटौला गत प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट पराजित भएका थिए । सत्तारुढ गठबन्धनका उम्मेदवार उनलाई एमालेको सहयोगमा उम्मेदवार भएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पराजित गरेका थिए । लिङ्देनले नै २०७४ को निर्वाचनमा पनि उनलाई पराजित गरेका थिए ।

यसअघि सिटौला राष्ट्रपतिको आकांक्षी रहेका थिए । सिटौलाले राष्ट्रपति रामचन्द्र पौडेल भएपछि राष्ट्रियसभामा जान लागेका हुन् । चुनाब हारेकालाई लैजान नहुने मत काँग्रेसभित्र भएपनि काँग्रेसको गत महाधिवेशनदेखि सभापति देउवालाई सहयोग गर्दै आएका सिटौलालाई कसैले रोक्न सकेन ।नेपालको शान्ति प्रक्रियामा महत्वपूर्ण योगदान गरेका सिटौला पूर्वगृहमन्त्री पनि हुन् । उनले २०७२ को संविधान निर्माणमा पनि नेतृत्वदायी भूमिका खेलेका थिए ।काँग्रेसले कोशीमा सिटौलासहित अन्य प्रदेशका उम्मेदवार पनि करिब टुंगो लगाएको छ । मधेस प्रदेशमा आनन्दप्रदान ढुङ्गानाको नाममा सहमति जुटेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार