मुख्य समाचार
काठमाडाैंमा गाेली चल्याे, दुई जना पक्राउ | बाह्रदशीमा चोरको बिगबिगी, दिनदहाडै लाखौँको धनमाल गायब | झापामा बाढी–डुबानको खतरा बढ्यो, सुरक्षित रहन प्रशासनको अनुरोध | वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद |

बीएण्डसीलाई सम्बन्धन दिन केयूको सिफारिस

देश प्रदेश डेस्क 5304+ समाचार ( )
२८ जेठ २०८१, सोमबार

झापा काठमाडौं विश्वविद्यालय (केयू) ले दुर्गा प्रसाईंको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई पत्राचार गरेको छ।

सर्वोच्च अदालतले काठमाडौं विश्वविद्याल र चिकित्सा शिक्षा आयोगका नाममा परमाादेश जारी गर्दे १५ दिनभित्र सम्बन्धन दिन आदेश दिएको थियो। आदेशलगत्तै काठमाडौं विश्व विद्यालयले आइतबार कार्यकारी समितिको बैठकमार्फत चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो।

काठमाडौ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरेको जानकारी दिए।

सर्वोच्चले हामी (केयु) र चिकित्सा शिक्षा आयोगका नाममा १५ दिनभित्र सम्बन्धन दिनु भनी परमादेश दिए अनुसार आयोगलाई हामीले पत्राचार गरेका छौुं, हुमागाईंले भने, ‘परमादेशमा यसै वर्षबाटै एमबीबीएस पढाउन सुरु गर्न समेत आदेश दिएको छ। त्यो प्रचलित नियमअनुसार हुने कुरा हो।’

यसअघि पनि आफूहरुले पत्राचार गरेको भएपनि आयोगले रोकेको बताउँदै उनले अहिले भने सर्वोच्चको परमादेशमै सम्बन्धन दिनु भनेर आदेश भएकाले सोहीअनुसार आफूहरूले सिफारिस गरेको बताए।

मेडिकल कलेज सञ्चालनका लागि सबै पूर्वाधार तयार गर्दा पनि सम्बन्धन नपाएको भन्दै बीएन्डसीका सञ्चालक दुर्गा प्रसाईंले शिक्षा मन्त्रालय, काठमाडौं विश्वविद्यालय, चिकित्सा शिक्षा आयोगलगायत सरकारी निकायलाई विपक्षी बनाई सर्वोच्चमा रिट निवेदन दर्ता गरेका थिए।

बीएन्डसीले २०६४ सालमा शिक्षा मन्त्रालयबाट आशयपत्र लिई पूर्वाधार निर्माणलगायत मेडिकल कलेज सञ्चालनको पूर्वतयारीको काम गर्दै आएको थियो। ऐनको त्यही व्यवस्थाअनुसार सम्बन्धन पाउन बीएन्डसीले २०७६ सालमा आयोगमा निवेदन दिएको थियो। तर त्यतिबेला आयोगले आशयपत्र नवीकरण नभएको कारण देखाउँदै सम्बन्धन स्वीकृति दिन अस्वीकार गरेको थियो।

०७६ र ०७७ मा गरेको सम्बन्धन प्राप्तिको प्रयास सफल हुन नसकेपछि बीएन्डसीका सञ्चालक प्रसाईं ३ वटा रिट लिएर ०७७ अन्तिममा सर्वोच्च गएका थिए। सर्वोच्चले रिटको सुनाइमा अग्राधिकार दिँदै आदेश गरेको हो। शिक्षा मन्त्रालयबाट आशयपत्र लिएर मेडिकल कलेजको पूर्वाधार तयार पारे पनि पठनपाठनका लागि सम्बन्धन नपाएको उनले बताउँदै आएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार