मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

सहकारी ठगीसम्बन्धी झापामा ४० जनामाथि उजुरी, ६ पक्राउ

देश प्रदेश डेस्क 5301+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

                                                                                                         साङ्केतिक तस्वीर

झापा   सहकारी ठगीसम्बन्धी झापामा ४० जनामाथि उजुरी परेको छ ।

करिव ३ करोड रकम ठगी गरेको आरोपमा तीनवटा सहकारी संस्थाका ४० जनामाथि उजुरी परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उजुरी परेकामध्ये ६ जना पक्राउ परेका छन् । बचतकर्ताहरुको २ करोड ४ लाख ४८ हजार ७२४ रुपैयाँ हिनामिना गरेको आरोपमा जयपुर बहुउद्देश्यीय सहकारी संस्था बुद्धशान्तिका १७ जनामाथि उजुरी परेको थियो । त्यसमध्ये ३ जना पक्राउ परेका छन् ।

त्यस्तै निक्षेपकर्ताहरुको ६० लाख २ हजार ८०२ रुपैयाँ हिनामिना गर्ने शुभसाइत सहकारी संस्था भद्रपुरका ७ जना संचालकमाथि उजुरी परेको थियो । तीमध्ये ३ जना पक्राउ परेका छन् । त्यस्तै उन्नति बचत तथा ऋण सहकारी संस्था शिवसताक्षीका १६ जना संचालकमाथि उजुरी परेको छ । ३५ लाख ८ हजार ५५१ रुपैयाँ अपचलन गरेको आरोपमा उनीहरुमाथि उजुरी परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

झापाका अन्य सहकारीमा पनि ठगी भएको पाइएपनि उजुरी पर्न सकेको छैन । उजुरी नपर्दा प्रहरीले कार्वाही गर्न नसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए । परेका उजुरीमाथि  कार्वाही शुरु गरिने उनले जनाए ।

सहकारीहरुले निक्षेप फिर्ता नदिएको भनेर इलाका प्रहरी कार्यालय दमकमा गुनासो लिएर निक्षेपकर्ताहरु आउने गरेको डीएसपी निशान थापाले बताए । उनले ती गुनासोका सम्बन्धमा सम्बन्धित सहकारी संस्थालाई निक्षेप फिर्ता गर्न भन्ने गरिएको जानकारी दिए ।

लेनदेन नमिलाएको भन्दै बिर्तामोडको एउटा सहकारीमाथि पनि उजुरी परी सो मुद्धा जिल्ला प्रहरी कार्यालयमा पठाएको जनाइएको छ । केही दिनअघि एक अन्तर्वार्तामा तत्कालीन प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले निक्षेप फिर्ता नगर्ने सहकारीमाथि निक्षेपकर्ताले उजुरी गरे तत्काल पक्राउ गरी थुन्ने बताएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार