मुख्य समाचार
आयोगको सिफारिसपछि काठमाडाैंका तत्कालीन सीडीओ छवि रिजाल पक्राउ | ओली पक्राउको विरोधमा एमालेको देशव्यापी प्रदर्शन घोषणा | अमेरिकी हमलामा भारत आउन लागेको इरानी विमान क्षतिग्रस्त, तनाव थप चर्कियो | भ्रष्टाचारीविरुद्ध गृहमन्त्रीको एक्सनमा सबैभन्दा खुशी म छुः ज्ञानेन्द्र शाही | प्रधानमन्त्री शाहसँगको छलफलमा सांसद डाँगीद्वारा झापा–१ का मुद्दा उठान | झापा-३ का सांसद पाठकले प्रधानमन्त्रीसमक्ष उठाए जनताका आवाज | राष्‍ट्रपति पौडेलबाट संघीय संसदको अधिवेशन आह्वान | मन्त्रीपरिषद्काे निर्णयः संसद् अधिवेशन बोलाउन सिफारिस गर्ने | “कडा निर्णय, तीव्र सुधार: बालेन सरकार सक्रिय” | प्रधानमन्त्री बालेनलले सांसदहरुलाई दिए ३ सन्देस |

झापामा ३७२ क्युफिट गोलिया बोकेको ट्रकसहित दुईजना नियन्त्रणमा

देश प्रदेश डेस्क 5038+ समाचार ( )
१७ आषाढ २०८२, मङ्गलबार

झापा झापामा सशस्त्र प्रहरीले विभिन्न जातका ३७२ क्युफिट कुकाठ गोलिया बोकेको ट्रकसहित दुईजना मानिस नियन्त्रणमा लिएको छ । काठ कारोबारीले एउटै छुट पुर्जीबाट पटक–पटक काठ ओसार–पसार गर्ने गरेको पाइएपछि प्रहरीले नियन्त्रणमा लिएको सो कार्यालयले जनाएको छ ।
 सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हे.क्वा झापाले दिएको घटना विवरण अनुसार एउटै कागजबाट पटक–पटक काठ ओसार–पसार गर्दै गरेको सूचना पाएपछि गणबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति हुदै धुलाबारीतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख ४३५२ नम्बरको आईचर ट्रकलाइ सोमबार अपरान्ह् सवाँ ४ बजे मेचीनगर नगरपालिका १० धुलाबारीमा चेकजाँच गर्दा चालकले डिभिजन वनबाट दिएको ५७२७ र ५७२८ नम्बरको छुट पुर्जी देखाएका थिए ।
 सो पुर्जी चेकजाँच गर्दा पुर्जी अनुसारको काठ असार १५ गते आइतबार ११ बजे मेचीनगरनगरपालिका १५ स्थित ज्यामिरगढीमा सञ्चालित सञ्जीवनी प्लाईउड उद्योगमा ढुवानी भईसकेको देखिएको सशस्त्रका डिएसपी सुमन पोखरेलले जानकारी दिए । घटनापछि २० लाख मूल्य बराबरको ट्रक र २ लाख मूल्य बराबरको ३७२ क्युफिट विभिन्न जातका गोलिया कुकाठ र अर्जुनधारा ४ भाङ्बारीका ३७ बर्षीय चालक दिपक दनुवार र सोही स्थानका ३३ बर्षीय सहचालक पदम चौधरीलाइ नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालय झापा पठाइएको उनले बताए ।
यता डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकका अनुसार असार १३ गते डेढसय थान कर्मा, वोट धगेरो, रातो सिरिस लगायतको कुकाठ मेचीनगरनगरपालिका १५ स्थित ज्यामिरगढीमा सञ्चालित सञ्जीवनी प्लाईउड उद्योगमा ढुवानीका लागि दुइवटा छुटपुर्जी लगेको बताए । सोही पुर्जीले काठ ओसार–पसार गरेको सूचना प्रहरीले पाएपछि नियन्त्रणमा लिएर सशस्त्र प्रहरीले कार्यालयमा बुझाएको उनले जानकारी दिए ।
घटनापछि मानिस र ट्रकसहित सव डिभिजन वन कार्यालय सुरुङ्गा पठाइएको छ भने घटनाको अनुसन्धानका लागि मेची सव डिभिजनबाट अनुसन्धान अधिकृत सुरज निरौला तोकिएको उनले बताए ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार