मुख्य समाचार
सेफ्टी टयाङ्कीमा फसेर तीन जनाको मृत्यु | बिर्तामोडको सतानु पैनीमा आगलागी, सुकुम्बासीका तीन घर जले | झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै |

दक्षिण कोरियामा विमान दुर्घटना हुदाँ १७१ जनाकाे मृत्यु

देश प्रदेश डेस्क 5336+ समाचार ( )
१४ पौष २०८१, आइतबार

सिओल विमान अवतरणका क्रममा दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार दुर्घटनामा परेको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।

यस दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ। दुई जनालाई भग्नावशेषबाट जिउँदै निकालेर अस्पताल लगिएको छ । उनीहरु दुवै चालक दलका सदस्य हुन् ।

यो जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।  कोरियाली बजेट एयरलाइन्स जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० विमान  स्थानीय समय अनुसार बिहान करिब ९ बजे दुर्घटनामा परेको थियो ।

मृतकका आफन्तहरु विमानस्थलमा भेला भएका छन् र त्यहाँ अस्थायी शवगृह स्थापना गरिएको छ । दुर्घटनाको खबर पाएलगत्तै दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोक दुर्घटनास्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चोईले त्यहाँ उद्धार कार्यमा सहयोग गर्न जनशक्ति, स्वास्थ्य सेवा र उपकरणलाई निर्देशन दिएको कार्यालयले जनाएको छ। साथै पीडित परिवारलाई सरकारले सक्दो सहयोग गर्ने बताइएको छ ।

यो दुर्घटनापछि सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यस अवधिमा सरकारी कार्यालयमा झण्डा आधा झुकाउने र सबै सरकारी कर्मचारीले कालो रिबन बाँध्नेछन् । एजेन्सीका अनुसार मुआन विमानस्थलको धावनमार्ग स्थानीय समयअनुसार बुधबार बिहान ५ बजेसम्म बन्द रहनेछ ।

समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए । विमानमा सवार यात्रुहरूको उमेर तीन वर्षदेखि ७८ वर्षसम्म रहेको थियो। तर धेरैजसो आफ्नो उमेरको चौथो, पाँचौं र छैठौं दशकमा थिए।

थाइल्यान्डका प्रधानमन्त्री पाएटोंगटार्न चिनावाटले यो विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘दुर्घटनामा परी ज्यान गुमाउने र घाइते भएकाहरुका परिवारप्रति म समवेदना व्यक्त गर्दछु ।’

दक्षिण कोरियाको दमकल विभागले घटनास्थलमा ३२ दमकल र १५ सय आपतकालीन कर्मचारी पठाइएको जनाएको छ । मुआन दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर टाढा छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार