मुख्य समाचार
वैदिक सनातन भद्रपुर नगरद्धारा धार्मिक क्षेत्र संरक्षण अभियान शुरु | झापामा एक वर्षमा सवारी दुर्घटनाले ७७ जनाको ज्यान लियो | मुटु राेगीहरु दिनप्रतिदिन बढ्दै, डाक्टरको अनिकाल | कोलकाता- विराटनगर कार्गाे रेल सञ्चालन: ईसीटीएस जडान गरिएका ४० कन्टेनरसहित सेवा विधिवत् सुरु | मिटरब्याजीको 'लुटतन्त्र' अन्त्य गर्ने सरकारको घोषणा: ९ बुँदे सहमतिसँगै मिटरब्याज पीडितको आन्दोलन फिर्ता | मेची पुलबाट १० लाख भारतीय रुपैयाँ र कारसहित दुई युवक पक्राउ | सीमाक्षेत्रमा ब्राउन सुगर तस्करी गर्ने १२ जना पक्राउ, १७५ ग्राम लागूऔषध बरामद | झापाको कचनकवलमा ब्राउन सुगरसहित दुई युवक पक्राउ | मेचीनगरको १५ करोड बेरुजु उठाउन ताकेता, ३५ दिनभित्र दाखिला नगरे जायजेथा जफतको चेतावनी | कांग्रेस सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी |

नगरपालिकाभित्रकै विद्यालयमा विद्यार्थीभन्दा शिक्षक बढी

देश प्रदेश डेस्क 5301+ समाचार ( )
४ मंगशिर २०८२, बुधवार

दोलखाको भीमेश्वर नगरपालिकाका केही सरकारी विद्यालयमा विद्यार्थी सङ्ख्याभन्दा शिक्षक बढी हुँदा शिक्षक कामविहीन भएका छन् । 

विद्यार्थी सङ्ख्याका आधारमा शिक्षक दरबन्दी कायम गर्ने र विद्यार्थी सङ्ख्या न्यून भएमा नजिकको विद्यालयमा गाभ्ने नीतिगत व्यवस्था कार्यान्वयन गर्न नसक्दा नगरपालिकाभित्रकै केही विद्यालयमा समस्या देखिएको भीमेश्वर नगरपालिका–१ का अध्यक्ष माधव थामी बताउनुहुन्छ ।  

विद्यार्थीको अभावमा विद्यालय ‘मर्ज’ गर्ने नीति कार्यान्वयन गर्न नसक्दा बिसुनटोल आधारभूत विद्यालय, लाकुरीडाँडा प्रावि र माथिल्लो माटी प्राविका शिक्षक हाजिर गरेर दिन कटाउन विवश छन् । तीन शिक्षक कार्यरत रहेको भुमरेडाँडा प्राविमा अहिले दुई विद्यार्थी मात्र अध्ययनरत छन् । 

जिल्ला सदरमुकामस्थित भीमेश्वर नगरपालिकाले विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी मिलान गरी कामकाजमा खटाउन नसक्दा शिक्षकहरू कामविहीन हुन पुगेको स्थानीय समाजसेवीको भनाइ छ ।  

सो नगरपालिकाको पृथ्वीनारायण आधारभूत विद्यालय र महाङ्काल आधारभूत विद्यालयमा पनि विद्यार्थीको अनुपातमा शिक्षक बढी देखिन्छ । त्यस्तै महेन्द्रोदय माविमा पनि विद्यार्थी सङ्ख्याको तुलनामा शिक्षक बढी भएकाले पढाउन पाउने अधिकारबाट शिक्षकहरू वञ्चित हुन पुगेका छन् । क्रमशः विद्यार्थी घट्दै जाँदा सो विद्यालयमा अहिले २६ शिक्षक र ५० को हाराहारीमा विद्यार्थी रहेको देखिन्छ । 

यसैगरी सबै माविमा पनि पढ्नेभन्दा पढाउनेको सङ्ख्या धेरै हुँदा शिक्षक कामविहीन हुन पुगेका छन् ।  

यसै सन्दर्भमा भीमेश्वर नगरपालिकाको शिक्षा शाखा प्रमुख अर्जुन कार्कीले विद्यार्थी सङ्ख्या ‘नील’ भए मात्र विद्यालय गाभ्ने व्यवस्था रहेको र नियमित रुपमा विद्यालय नआए पनि अति कम विद्यार्थी भएका विद्यालयको अभिलेखमा भने विद्यार्थी सङ्ख्या उल्लेख्य देखिने गरेकाले सोचेअनुसार समस्या सम्बोधन गर्न कठिन भएको बताउनुभयो । 

उहाँले न्यून विद्यार्थी भएका तथा शिक्षक विद्यार्थी अनुपात नमिलेका विद्यालयको सन्दर्भमा प्राप्त गुनासाहरू सम्बोधन गर्न नगरपालिकाले यथासक्य छिटो सरोकारवाला सम्मिलित बैठक राखी ठोस निर्णय गर्न लागेको जानकारी दिनुभयो ।   

शाखा प्रमुख कार्कीका अनुसार पालिकाको एकीकृत विद्यालय सूचना प्रणाली (इएमआइएस)मा विद्यार्थी देखिए पनि ‘फिल्ड’मा त्यस्तो नभएको भन्ने सन्दर्भमा स्थलगत अनुगमनसहित वास्तविकता यकिन गरी स्पष्ट नीति तथा कार्यक्रमका साथ पालिकाभित्रका कम विद्यार्थी रहेका विद्यालय एकापसमा गाभ्ने र विद्यार्थी सङ्ख्याको अनुपातमा शिक्षक दरबन्दी मिलान गर्नेलगायतका विषय टुङ्ग्याउने पक्षमा पालिका रहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार