मुख्य समाचार
मोटरसाइकलको ठक्करबाट मेचीनगरमा एक बालकको मृत्यु | बिर्तामोडको देउनियाँ पुलमा लागूऔषधसहित एक युवक पक्राउ | बुद्धशान्तिपछि अर्जुनधारा र कन्काईमा पनि जग्गाधनी पुर्जा वितरणको तयारी | तस्करीको नयाँ ट्रान्जिट बन्दै भद्रपुर: प्रहरीद्वारा ८९ लाख बढीको चाइनिज फर्सीको बियाँ बरामद, सेटिङको पर्दाफास! | | आदिकवि भानुभक्तको २१३औँ जन्मजयन्ती मनाइँदै | गृहमन्त्रीको आदेश बेवास्ता, जोरसिमल चेकपोस्ट अझै यथावत् | भद्रपुरमा कराेडाैँ मूल्य बराबरको चाइनिज फर्सीको बियाँ गोदाममा छापा | मेचीनगर नगरपालिकाले कामबाट निकाल्यो ३८ जना कर्मचारी | विद्यालय खोल्न अनुमति र स्वीकृति दिने पूर्ण अधिकार स्थानीय तहलाई |

सुरक्षित घरमा जन्मेको बच्चालाई कानुनी प्रक्रियामा आफन्तलाई जिम्मा लगाईने तयारी

देश प्रदेश डेस्क 5291+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

भद्रपुर  भद्रपुरमा रहेकाे मानव अधिकारका लागि महिला( WHR) एकल महिला जिल्ला समूह झापाकाे भवनमा एक सुस्त मनस्थिति भएकी महिलाले साउन २६ गते छाेरा जन्माएकी छन् ।

गत असारमा भद्रपुर नगरपालिकाले बेवारिसे महिला भनेर साे समुहको संरक्षणमा जिम्मा दिएकाे थियाे। सुस्त मनस्थिति रहेकी महिलाबाट सकुसल बच्चा जन्माउन चुनैति नै रहेकाे थियाे तर समुहकी अध्यक्ष रेखा अधिकारीकाे दिनरात खटाइबाट साे बच्चालाई सुरक्षित जन्माउन सफल भएकि थिईन तर बच्चा जन्मिएकाे भाेलीपल्ट(२७ गते) नै बच्चा नदेखिएपछि स्थानीयले हाेहल्ला गरि बच्चाको खाेजी गरेका थिए । बच्चालाई खाेजी गरेकाे थाहा पाएपछि एकएक बच्चाको म हजुरबुबा भन्दै एक पुरुष र एक महिलासहित  बच्चालाई सुरक्षित घरमा ल्याएका थिए । 

घटना विवरण अनुसार २६ गते जन्मिएकाे बच्चालाई आमाले स्याहारसुसार गर्न नसक्ने भएका कारण बच्चालाई कुनै कानुनी प्रक्रिया नअपनाई २७ गते विहानै काठमाडौं लगिएको थियाे । यता बच्चाकाे खाेजी भएपछि ३१ गते ४ बजेकाे  हवाइमार्ग  मार्फत पुन बच्चालाई सुरक्षित घरमा ल्याइएकाे थियाे ।

हिजाेका दिनमा बेवारिसे भएर नगरपालिका जिम्मेवार वनेकाे महिलाको एकाएक बुबा देखिनुमा आम जनताले कुनै रहस्यमय घटना भएकाे शङ्का गरेका छन् । मानव अधिकारका लागि महिला एकल महिलाकी अध्यक्ष अधिकारीका अनुसार महिलालाई हामीले सुस्त मनस्थिति भएपनि सुरक्षित राखेका थियौ, वेला वेलामा महिलाकाे बुबा हामीसँग सम्पर्कमा आईरहनु भएकाे थियाे  । परिवारमा कान्छी आमा भएका कारणबाट महिलालाई घरमा राख्न नसकेकाे र सुस्त त्यहाँमाथि गर्भवती भएकाेले यही सुरक्षित हुने भनेर राखिएकाे थियोे । बच्चा जन्मिएपछि आमाले सम्हान नसक्ने भएकाेले महिलाकाे बुबाले म मेरै आफन्तलाई बच्चा जिम्मा दिन्छु भनेर भन्नू भएकाे थियाे । बच्चा जन्मिएपछि सालनाल नझरेपछि खुद महिलाकाे बुबाले नै हस्पिटल लानु भएकाे थियाे र भाेलिपल्ट बुबा आफैले उहाँकाे आफन्तलाई जिम्मा दिनु भएकाे थियाे । त्याे समयमा मैले पनि अभिभावक सम्पर्कमा रहनु भएकाेले कानुनी प्रक्रियामा जानुपर्ने अबस्था नदेखेर लानु भने तर त्यसरी बच्चा दिन कानुनी प्रक्रिया अपनाउनु पर्ने भएकाेले तुरुन्तै बच्चा झिकाएर अहिले हाम्रो सुरक्षित घरमा नै सुरक्षित राखेका छाै । अब कानुनी प्रक्रिया पूरा गरेर मात्रै आफन्तलाई बच्चा जिम्मा लगाउने छाै ।

घटनालाई कानुनी प्रक्रिया पुरागर्न ३२ गते नगरपालिकामा छलफल गर्ने भनेकाेमा बच्चाकाे हजुरबुबालाई नाता प्रमाणिात गरि ल्याउन पठाएकोले छलफल नभएकाे युवा नागरिक समाज झापा भद्रपुरका अध्यक्ष प्रेम खनालले बताए ।

सेभ हाउसले कानुनी प्रक्रिया नपुर्‍याएर बच्चा अभिभावककाे जिम्मा दिएकाेले अभिभावक पनि आधिकारिक हाे हाेईन थाहा पाउन उहाँलाई नाता प्रमाणित र बसाइँसराइ प्रमाण ल्याउन लगाएकाे नगर प्रमुख गणेश पाेखरेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार