मुख्य समाचार
झापामा नेपाल जेसीजको ५३औँ राष्ट्रिय सम्मेलन तथा महाधिवेशन हुने | | भद्रपुर-बिर्तामोड सडक खण्ड अन्तर्गत देवनिया पुल मुनी एक जना पुरुष मृत अवस्थामा फेला | दुर्घटनालगत्तै ट्रकमा आगो, चालकको जलेर दुःखद मृत्यु | सुनसरी कप्तानगञ्ज घटना: उच्चस्तरीय छानबिन टोली विराटनगरमा, अनुसन्धान र बयान लिने कार्य सुरु | सुनसरी घटनाः सीडीओसहित पाँच सुरक्षा अधिकारी तानिए | अरुणोदय मावि परिसरको भवनमा शिक्षिकाको शव | नेपालमा तीन वर्षयता अर्बौँको खरबुजाको बिउ आयात, स्वदेशमा छैन एउटै प्रशोधन उद्योग: तस्करीको नयाँ 'ट्रान्जिट' बन्दै | डा. गोविन्द केसीको २४औँ सत्याग्रह: बालुवाको पुल बन्दै सरकारी सहमति र उनको निरन्तर त्याग | काँकरभिट्टा नाकामा सशस्त्र प्रहरीको बीआईटी परिचालन |

झापामा तीन लाख बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइँने

देश प्रदेश डेस्क 5334+ समाचार ( )
१६ फाल्गुन २०८०, बुधवार

झापा झापामा तीन लाखभन्दा बढी बालबालिकालाई दादुरा–रुबेलाको खोप लगाइने भएको छ । दादुरा–रुबेला खोप अभियानअन्तर्गत जिल्लामा यही फागुन १७ गतेदेखि चैत ४ गतेसम्म नौ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई खोप लगाइने भएको हो ।

स्वास्थ्य कार्यालय झापाले  बिर्तामोडमा दादुरा–रुबेला खोप अभियानका बारेमा सञ्चारकर्मीसँग अभिमुखीकरण गोष्ठीसमेत गरेको छ । स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख रमेश बाराकोटीले झापामा खोप लगाउने दर उच्च भए पनि दादुरा–रुबेलाको जोखिम कायमै रहेकाले अभियान सञ्चालन हुन लागेको बताए ।

जिल्लाव्यापी खोप अभियानका लागि यहाँ स्वास्थ्य संस्थाबाहेक नौ सय ४७ खोप केन्द्र निधारण गरिएका छन् । अभियानमा तीन ६९ खोपकर्मी र एक हजार सात सय १७ स्वास्थ्य स्वयंसेविका परिचालन गरिने कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले जानकारी दिए । खोप अभियान सञ्चालन गर्न दुई लाख ७० हजार थान खोपको व्यवस्था गरिएको छ ।

अभिमुखीकरण गोष्ठीमा विश्व स्वास्थ्य सङ्गठनकी डा सङ्गीता शाहले ज्वरो आएको बेलामा खोप लगाउन नमिल्ने भए पनि ज्वरो निको भएपछि खोप लगाउन सकिने बताए। “बालबालिकामा इम्युनिटी पावर कम भएका बेला बाहेक अरु बेला खोप लगाउन सकिन्छ”, उनले भने ।

झापामा सन् २०१९ र २०२३ मा अभियान सफल भएकाले पुनः खोप अभियान सञ्चालन गरिएको हो । सरकारले सन् २०२६ सम्ममा नेपालबाट दादुरा–रुबेला उन्मुलन गर्ने लक्ष्य लिएको छ । झापामा सन् २०२४ को जनवरीमा आठ बालबालिकामा दादुराको सङ्क्रमण देखिएको थियो । झापा गाउँपालिकामा ६ जना तथा बिर्तामोड र दमक नगरपालिकामा एक÷एक जनामा सङ्क्रमण देखिएको खोप अधिकृत पोखरेलले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार