मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

हल्दीबारीका कांग्रेस गाउँ सभापति र उनकी बुहारीलाई हत्या गर्न खोज्ने पाैडेल पक्राउ

देश प्रदेश डेस्क 5416+ समाचार ( )
३१ श्रावण २०८१, बिहीबार

झापा नेपाली कांग्रेस हल्दीबारीका गाउँ सभापति र उनकी बुहारीलाई घरमै आएर हत्या गर्न खोज्ने एकजना व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका –९ गरामनी बस्ने अन्दाजी ३४ वर्षीय दिपक पौडेल रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।बुधबार  दिउँसो ३.३० बजे पौडेलले हल्दीबारी गाउँपालिका वडा नं–२ प्रसाईं बस्तीस्थित नेपाली कांग्रेसका गाउँ समितिका सभापति गंगा प्रसाईंको घरमै आएर प्रसाई र उनकी बुहारी अन्दाजी बर्ष ३० की रेखा खरेल प्रसाईंमाथि धारिलो हतियार सिक्कल प्रहार गर्न खोजेकाे जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए । त्यहाँ भएका स्थानीयवासीले जोगाएका थिए । हल्दीबारी प्रहरीले उनलाई नियन्त्रणमा लिई साँझ ६.३० बजे जिल्ला प्रहरी कार्यालय चन्द्रगढी पठाएको जनाएकाे छ  । प्रहरीले उनले प्रयोग गरेको प्र १–०१–०१२ प ५५७३ नम्बरको मोटरसाइकलसमेत बरामद गरेको छ ।

केही बर्षदेखि साउदी अरबमा बस्दै आएका पौडेलले विगत एक बर्षदेखि सामाजिक संजालमार्फत बुहारी रेखालाई धम्क्याउने तथा गालीगलौज गर्दै आएका थिए । उनले ससुरा गंगा र बुहारी रेखालगायत प्रसाईं परिवारका अन्य सदस्यहरुको पनि सामाजिक संजालमार्फत चरित्र हत्या गरेपछि गत बर्षको चैत महिनामा पौडेलमाथि जिल्ला प्रहरी कार्यालय झापा र काठमाण्डौको हनुमान ढोकास्थित साइबर व्यूरोमा साइबर अपराधसम्बन्धी उजुरी गरिएको थियो । सोही विषयलाई लिएर पौडेलले रेखा र गंगालाई हतियार प्रहार गर्न खोजेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार