मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

भद्रपुरमा ब्राउन सुगरसहित दुई युवक पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
३ मंगशिर २०८२, मङ्गलबार

झापा, भद्रपुर —
मिति २०८२।०।२ गते साँझ ७:४० बजे भद्रपुर नगरपालिकाको वडा नं. ५ मेचिपुल नजिक वारण्ट पोईन्टका लागि खटिएको भद्रपुर प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–१५ प ५३३ नम्बरको मोटरसाइकललाई रोक्दै जाँच गर्दा दुई युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ।

प्रहरीका अनुसार मोटरसाइकल चालक हल्दिबारी गाउँपालिका–२ का राम मर्डी र हल्दिबारी–३ का धनबहादुर बनले मोटरसाइकलको बीच भागमा चिनिको पोकामा प्लास्टिकमा बेरिएको ब्राउन सुगरजस्तो देखिने लिसाइन पदार्थ लुकाइ–छिपाइ ल्याउँदै गरेको अवस्थामा फेला पारिएको हो। उनीहरूबाट उक्त पदार्थ ३ ग्राम ८३० मिलिग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।

दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिएर वप्रका भद्रपुरमा प्रारम्भिक अनुसन्धानपछि थप कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय झापा पठाइएको प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार