मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

बीपीका विद्यार्थी पठन-पाठनको माग गर्दै आन्दोलित: रिले अनशन सुरु

देश प्रदेश डेस्क 5416+ समाचार ( )
२० माघ २०८०, शनिबार

झापा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विद्यार्थीहरूले रिले अनशन सुरु गरेका छन् ।

पठन-पाठन सुरु गर्नुपर्ने माग गर्दै विद्यार्थीहरू बिहीबारदेखि रिले अनशन सुरु गरेका हुन् । विद्यार्थी कल्याण समाजका वरिष्ठ उपाध्यक्ष डा. यादव अर्यालले पठन-पाठन सुरु नभएसम्म अनशन बस्ने बताए। उनले भने, हाम्रो एक सूत्रीय माग हो। जबसम्म पठन-पाठन सुरु हुदैन, तबसम्म अनशन जारी रहन्छ ।'

विद्यार्थीका समस्या कतैबाट सुनुवाइ नभएपछि अनशन बस्न बाध्य भएको उनले बताए । उनले भने, 'पढाइ बन्द हुँदा एकेडेमिक सेड्युल बिग्रिई विद्यार्थीलाई आर्थिक भार तथा मनोवैज्ञानिक क्षतिसमेत भएको छ। माग पूरा नभएसम्म २४ सै घण्टा अनशन बस्ने उनले बताए ।

पदोन्नतिको प्रक्रिया सुरु गर्नुपर्ने माग राखेर प्रतिष्ठानका शिक्षकहरूले पुस २९ गतेदेखि आकस्मिकबाहेक सबै सेवा बहिष्कार गरेपश्चात् हाल पठन-पाठन बन्द रहेको छ । पठन-पाठन बन्द हुँदा आफूहरूको भविष्य अन्धकार हुने भन्दै विद्यार्थीहरूले अनशन सुरु गरेका हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै