मुख्य समाचार
भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद |

अस्पतलका बिरामीलाइ फलफुल लिएर भेटन गयो वैदिक सनातन धर्म संरक्षण समिति भद्रपुर

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१७ भाद्र २०८१, सोमबार

झापा   प्रसव पीँडाबाट धर्तीमा जन्मपाएका केही मानिसहरुले जन्मदिने आफ्ना बुवा आमालाइ बृदाश्रममा जिम्मा लगाएर महान वनिरहेको पाइएको छ ।
सोही पीँडाबाट यही धर्तीमा जन्म लिएर सत्कर्मको बाटो हिडिरहेको एउटा समूहले भने कुशेऔँसी (बाबुको मुख हेर्ने) दिनमा अस्पतालमा स्वास्थ्य लाभ गरिरहेका ८० जनाभन्दा बढी बिरामीहरुको हौसला बढाएको छ ।
केही महिना अघि मात्र स्थापना भएको वैदिक सनातन धर्म संरक्षण समिति भद्रपुरले सोमबार प्रादेशिक अस्पताल भद्रपुरमा रहेका सम्पूर्ण विरामीहरुलाइ फलफुल वितरण गरेर यो बर्षको कुशेऔँसी पर्व मनाएको छ ।
 नगरको नेतृत्वमा भद्रपुर नगरका दशवटै वडामा रहेका गुरु,पण्डित र पुरोहितसहित अस्पताल पुगेको समूहले आकस्मिक कक्ष,मेडिकल,सर्जिकल वार्ड,प्रसुती गृह,बच्चा वार्डमा उपचाररत बिरामीहरुलाइ फलफुल वितरण गरेका थिए ।

सेवा नै धर्म,स्वास्थ्य नै धन हो भन्दै अस्पतालमा आएर स्वास्थ्य लाभ गरिरहेका बिरामीलाइ फलफुल वितरण गरेर पर्व मनाएको समितिका नगर उपाध्यक्ष पदम प्रसाद खतिवडाले बताए । समितिले केही दिन अघि बृहत्त रक्तदान गरिसकेको र आउँदा दिनहरुमा पनि यस्ता सेवामुखी कार्यक्रमहरु सञ्चालन गर्दै लैजाने बताए । यो अभियानमा सवैको साथ र सहयोगको अपेक्षा समेत गरिएको उनले जनाए ।
कर्मकाण्डी ब्राम्ह्णले यजमानका घरमा गएर अन्नपानी खाने तर दान नगर्ने समाजमा देखिएको अपबादलाइ समितिले चिर्दै लगेको नगरका सदस्य हेमन्त पौडेलले बताए । ब्राम्ह्ण भइसकेपछि यज्ञ गर्ने गराउने,दान लिने दिने ,वेद पढने पढाउने कर्म अनिवार्य रहेकोले सोही अनुरुप कुशे औँसीको पर्व पारेर अस्पतालका बिरामीहरुलाइ सेवा गरिएको उनले जनाए ।
समितिले अस्पतालमा आएर बिरामीमाथि गरेको सेवा अमूल्य रहेको अस्पतालका कर्मचारी वशिष्ठ अधिकारीले बताए । उत्कृष्ट कार्य गर्ने गुरुहरुले यो सेवा गरेर झनै उत्कृष्ट कर्म गरेकोमा धन्यवाद दिएका थिए ।
कार्यक्रममा नगर तथा वडाका पदाधिकारी,सञ्चारकर्मी, कर्मचारी तथा चिकित्सक लगायतको उपस्थिति रहेको थियो ।   

प्रतिक्रिया

तुलसी राम खतिवडा १८ भाद्र २०८१, मङ्गलबार

अत्यन्त असलकार्य को निरन्तर्ता हो अहिलेको युगमा प्रचार प्रसार अनिवार्य छ ब्राह्मण लाई लिनेमात्र भन्छन तर यो गलत हो ब्राह्मण ले अरुले भन्दा बडि दिने गर्छ तर प्रचार नगरेको हो अब अरुलाई जवफ दिन भएपनी प्रचार गर्नु पर्छ।

acharya ashutosh khanal १७ भाद्र २०८१, सोमबार

राम्रो कनमको सधैँ उच्च सम्मान

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार