मुख्य समाचार
कोरला भन्सार कार्यालयले माग्यो थप जनशक्ति, क्वारेन्टाइन र अध्यागमन राख्न छलफल | काँकडभिट्टा नाकामा तस्करी नियन्त्रण गर्न सशस्त्रको ‘गोप्रो क्यामेरा’ निगरानी | रसुवा बाढीमा विदेशी उद्धार टोली : चीन, भारत र कोरियाले कहाँ र कसरी गरिरहेका छन् काम ? | रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन |

श्रीकृष्ण रथयात्रा उत्सव समारोह समिति भद्रपुरको अध्यक्षमा भारती

देश प्रदेश डेस्क 5418+ समाचार ( )
११ भाद्र २०८०, सोमबार

झापा भद्रपुरस्थित श्रीकृष्ण रथयात्रा उत्सव समारोह समिति पुनर्गठन गरिएको छ ।

समितिका अध्यक्ष देवकुमार घिमिरेको अध्यक्षतामा सोमबार बसेको बैठकसहितको वृहत् भेलाले किरण भारतीको अध्यक्षतामा समिति पुनर्गठन गरेकाे हाे ।

नवगठित समितिको उपाध्यक्षमा सीता न्यौपाने, सचिवमा सञ्जय घोष, सहसचिवमा राजेश पकुवाल र कोषाध्यक्षमा भरत प्रधान निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरूमा शोभा दिदी, लीला घिमिरे, दुर्गा मण्डल, मेघु राय, भीमासिंह राजपूत, मानस घोष, राजु राई, किरण साह, गीता मेचे, गजेनसिंह राजपूत र सुशीला पकुवाल रहेका छन् ।

त्यसैगरी सदस्यमा संघसंस्थातर्फ वडा प्रहरी कार्यालय भद्रपुर, राजनैतिक दलका नगर अध्यक्षहरू, झापा उद्योग संघ, झापा उद्योग वाणिज्य संघ, श्रीकृष्ण द्वैपायन गुरुकुल वेद विद्याश्रम, नेपाल रेडक्रस सोसाइटी झापा शाखा, रोटरी क्लब, लायन्स क्लब, मारवाडी सेवा समिति, भद्रपुर जेसीज नेवा समाज कल्याण गुठी, भद्रपुरका सूचीकृत मन्दिर व्यवस्थापन समितिका अध्यक्षहरू रहेका छन् । सल्लाहकार समितिको संयोजकमा देवकुमार घिमिरे, सदस्यहरूमा हेमप्रसाद खनाल, विष्णुप्रसाद काफ्ले, सुनिता सरिया, गोपाल गिरी र गोपालकृष्ण मैनाली रहेका छन् ।

यता नवगठित समितिले आउँदो भदौ २० गते लक्ष्मीनारायण मन्दिरमा मनाइने श्रीकृष्ण जन्माष्टमी तथा रथयात्राको आवश्यक तयारी र व्यवस्थापनका लागि विभिन्न उपसमितिहरू समेत गठन गरेको छ । जन्माष्टमी र रथयात्रालाई सभ्य र भव्य बनाउन जन्माष्टमी मन्दिर व्यवस्थापन, रथ तथा झाँकी सजावट, प्रसाद तथा भोजन र प्रचारप्रसार उपसमिति समेत गठन गरिएको अध्यक्ष भारतीले जानकारी दिए । सो भेलामा रथयात्राका संरक्षक भद्रपुर नगरपालिकाका तर्फबाट नगर प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार