मुख्य समाचार
राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा |

तीज लक्षित दुई गीतमा प्रतिबन्ध लगाउन लोक संचारकर्मी नेपालको माग

देश प्रदेश डेस्क 5407+ समाचार ( )
२६ आषाढ २०८२, बिहीबार

झापा / हिन्दुधर्म अनुसार महिलाहरुकाे महान चार्ड हरितालिकालाई लक्षित गरेर निकालिएका  दुई गीतमा प्रतिबन्ध लगाउन लोक संचारकर्मी नेपालले माग गरेकाे छ ।

राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले प्रेस विज्ञप्ति जारी गर्दै संस्थाले ती गीतले मौलिक परम्परलाई प्रहार गरेको भन्दै प्रतिबन्धको माग गरेको हो । गाई कालो, गाईको दुध सेतो र सल्ला दमारमा बोलका यि दुई गितलाई प्रतिबन्ध लगाएको हो।

ध्रुव पुन र चन्द्रकुमारी शाहीको स्वरमा रहेको ‘गाई कालो’ र राजकुमार वली, अस्मिता थापा र लक्ष्मी थापाको स्वरमा रहेको ‘सल्ला दमार’मा गीतलाई रोक्न माग गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘विगत केही वर्षदेखि यस पर्वको नाममा बजारमा आइरहेका गीतसंगीतमा परिलक्षित विकृति, भड्किलोपन, सांस्कृतिक अपमान तथा अश्लील सामग्रीप्रति राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल गम्भीर चिन्तित र सतर्क रहेको छ ।’

पछिल्ला वर्षमा केही स्वार्थलोलुप कलाकार, युट्युबर तथा व्यवसायिक उत्पादन घरानाले तीजलाई केवल व्यापारिक लाभको माध्यम बनाउँदै सामाजिक मर्यादाविपरीत अश्लील र विकृत गीतसंगीत उत्पादन तथा प्रसारण गरिरहेको र यो निन्दनीय रहेको संस्थाले उल्लेख गरेको छ ।

संस्थाले यस्ता आपत्तिजनक गीत तथा भिडियो निर्माण तथा प्रकाशन गर्नेलाई कार्वाही गर्न सूचना तथा सञ्चार मन्त्रालय, नेपाल प्रहरी साइबर ब्यूरो, कलाकार संगठन लगायतलाई आग्रह गरेको छ ।

यही विषयमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले गृहमन्त्री रमेश लेखकलाई पनि भेट्ने जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै