मुख्य समाचार
कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद | ठूलो जोखिमबीच रसुवागढीबाट चार कर्मचारीको उद्धार | रसुवा बाढी : ११७ विदेशी पर्यटकको उद्धार, भारतका मात्रै ८५ जना | प्रहरीको अलर्ट नोटिस जारी : तिब्बततर्फ फेरि ताल फुट्यो, भोटेकोशी–त्रिशूली आसपास उच्च सतर्कता | कोशी प्रदेशमा ४२ वटा हिमताल उच्च जोखिममा | आज श्रावण शुक्ल पूर्णिमा: रक्षाबन्धन तथा जनै पूर्णिमा मनाइँदै | रसुवा बाढि पछिल्लाे अपडेटः मृतक ३५९ पुगे, ९१० अझै सम्पर्कविहीन; सरकारको उद्धारमा १३ हजार सुरक्षाकर्मी परिचालन |

झापाकाे दक्षिणी भेग तस्करकाे अखडा, ३० बोरा सुर्तीसहित १३ वटा साइकल नियन्त्रणमा

देश प्रदेश डेस्क 5406+ समाचार ( )
१८ भाद्र २०८०, सोमबार

झापा झापाको दक्षिणी भेग कचनकवल गाउँपालिकाका सिमा नाकाबाट ठुलो परिमाणमा अबैध मालसामान भित्रीने गरेकाे छ ।

पटकपटक सञ्चार माध्यमबाट अबैध ओसारपसारकाे काराेबार भएकाे समाचार प्रकाशित हुँदा केहिदिन चापपुप हुने नाका पुन: माैलाउने गरेकाे पाइएकाे छ ।

आइतबार साे क्षेत्रबाट भन्सार छलिगरेर ठुलाे परिणाममा सुर्ती र चिनी सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाबाट खटिएको सशस्त्रको टोलीले बिहान साढे ६ बजेको समयमा ३० बोरा सुर्तीसहित १३ वटा साइकल नियन्त्रणमा लिएपछि सिमानाकाबाट तस्कर भइरहेकाे प्रष्ट भएकाे छ ।

गणबाट खटिएका इन्स्पेक्टर भीष्म सापकोटाको नेतृत्वको टोलीले कचनकवल १ स्थित हात्तीपाइला क्षेत्रबाट साइकलमा लोड भएका सो परिमाणका सुर्ती बरामद गरेको हो । भारतबाट अवैध रुपमा भन्सार छलेर साइकलमा लस्करै हालेर नेपाल भित्राइरहेको अवस्थामा सुर्ती बरामद गरिएको सशस्त्रले जनाएको छ । सशस्त्रलाई देख्न साथ तस्करीहरू साइकल र सुर्ती छाडेर भागेका थिए । 

बरामद गरिएको सुर्ती र साइकललाई १ लाख २८ हजार मुल्याकंन तोकेर भद्रपुर भन्सार कार्यालय बुझाइसकेको जनाइएको छ । तिलक भन्ने कारोबारीले कचनकवलको घेराबारी र पथरिया नाकाबाट ठुलो परिमाणमा सुर्ती भित्राउँदै आएको स्रोतको दाबी छ । त्यस्तै सोही नाकाबाट गदा भन्ने कारोबारीले चिनी भित्राउँदै आएको छ । सो नाकाबाट तस्करी गतिविधि मौलाएसँगै सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापाको टोलीले निगरानी बढाएको अवस्था छ ।    

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार