मुख्य समाचार
वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज |

बिर्तामोडमा जुवातास खेल्दै लागूऔषध बेच्दै गर्दा चारजना पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२० श्रावण २०८१, आइतबार

झापा    झापाको बिर्तामोडमा जुवातास खेल्दै लागूऔषध बेच्दै गर्दा चारजना पक्राउ परेका छन् ।

गएराति १० बजे अर्जुनधारा नगरपालिका वडा न.–७ घर भई बिर्तामोड नगरपालिका वडा न. ५ स्थित सुब्बा चौक खानेपानी ट्याङकी छेउ बस्ने तिलकचन पनेरुको घरमा डेरा गरी बस्ने ३२ वर्षीय बिजय मगरको डेरामा त्यसरी जुवातास खेल्दै लागूऔषध बेच्दै गरेको भेटिएको  जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले मगरको कोठाको तलासी लिँदा तास एक बुंक, इलाम माई नगरपालिका २ बस्ने ३० वर्षीय रुपेश ढुङ्गानाको साथबाट १ ग्राम ५४० मिलिग्राम ब्राउनसुगर, मेचीनगर नगरपालिका ९ बस्ने ४५ वर्षीय शेरबहादुर लिम्बूको साथबाट नगद रु. १२० , अर्जुनधारा नगरपालिका ७ बस्ने ३२ वर्षीय बिजय मगरको साथबाट नगद . १४५० र सोही ठाउँ बस्ने ३७ वर्षीय बिदुर मगर समेतलाई नियन्त्रणमा लिई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

त्यस्तै गएराति ८.३० बजे मेचीनगर नगरपालिका वडा न.–६ पुरानो मेची पुलमा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टा र इलाका प्रहरी काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले ब्राउनसुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

भारतको पानीटंकीबाट सिटीसफारीमा चढी नेपालतर्फ आउँदै गरेका मेचीनगर नगरपालिका वडा न. ९ शान्ति टोल बस्ने २६ वर्षीय अजय धिमालको शरीर तलासी लिने क्रममा उनले बोकी ल्याएको झोलाको प्वालभित्र प्लाष्टिकले पोका पारेर लुकाई राखेको १ ग्राम ब्राउनसुगर फेला परेको थियो । उनलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको  उनले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार