मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

पूर्व पहरी सङ्गठन भद्रपुर लागूऔषध दुव्र्यसन विरुद्ध सक्रिय

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१० जेठ २०८२, शुक्रबार

झापा केही बर्ष यताबाट झापामा अत्यधिक रुपले लागूऔषधको प्रयोग ,दुव्र्यसन र ओसार –पसार बढेर गएको भन्दै पूर्व पहरी सङ्गठन नगर समिति भद्रपुर झापाले चासो देखाएको छ । लागूऔषध दुव्र्यसन न्यूनिकरणका लागि सो समितिले भद्रपुर नगरपालिकासँग समन्वय गरेर विद्यालय स्तरमा विद्यार्थीहरुलाइ सचेतना जगाउँदै न्यूनिकरणका लागि कार्यक्रम सुरु गरेको हो  ।

समितिले शुक्रबार भद्रपुर ७ चन्द्रगढीमा रहेको विरेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ९  र १० का छात्र–छात्राहरुलाइ भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा एक दिने लागूऔषध दुव्र्यसन विरुद्ध विद्यालयमा सचेतना जगाएको हो ।

भद्रपुर नगरपालिकाले लागूऔषको विषयलाइ फराकिलो ढुङ्बाट पालिका भित्र रहेका विभिन्न क्षेत्रहरुमा सङ्घ संस्था मार्फत सचेतना कार्यक्रम सञ्चालन गर्दै आइरहेको कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख गणेश पोखरेलले बताए । कोरोना पछि झापामा लागूऔषको दुव्र्यसन झनै बढ्दै गइरहेकोले यो भयावह अवस्थालाइ न्यूनिकरण गरी लागूऔषधरहित नगरपालिका वनाउन सवै क्षेत्रबाट लाग्नु पर्ने जनाए । सीमा क्षेत्रमा यसको बढी प्रयोग हुने भएकोले प्रहरी मार्फत पक्राउ पर्नेको सङ्ख्यामा पनि वृद्धि भएको उनले विद्यार्थीलाइ जानकारी गराएका थिए ।

लागूऔषधको दुव्र्यसनमा नफस्न र त्यस्तो कोही फेला परेमा प्रहरीलाइ खबर गर्न जिल्ला प्रहरी कार्यालय झापाका एसपी राजन लिम्बूले अनुरोध गरे ।  लागूऔषधबाट टाढै रहे मात्र जीवन जिउन सजिलो हुने भएकोले एक पटक कानुनले दोषी ठहर गरेपछि जिवनभर निर्दोष नहुने भएकोले यो झमेलाबाट टाढै बस्न उनले जानकारी गराए ।

करिब एकसय जना उपस्थित विद्यार्थीलाइ पूर्व प्रहरी सई एवम अधिवक्ता डिगबहदुर बुढाथोकीले प्रशिक्षण दिएका थिए । प्रशिक्षक बुढाथोकीले लागूऔषधमा लाग्ने देखि कानुनी व्यवस्थाहरुका बारेमा अवगत गराएका थिए ।

समितिका अध्यक्ष अम्विका पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष चन्दप्रसाद सुवेदीले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नगर उपप्रमुख राधा कार्की, पूर्व प्रहरी सङ्गठनका पदाधिकारी ,शिक्षक, विभिन्न सङघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

नगर समितिमा पोखरेल अध्यक्षमा चयन भएयता दर्जनभन्दा बढी विभिन्न सामाजिक क्षेत्रमा कार्य गर्दै आइरहेको  छ भने चालु आर्थिक वर्ष भित्र अन्य केही विद्यालयहरुमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने सङ्गठनको कार्य योजना रहेको जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार