मुख्य समाचार
यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव |

पिकअप गाडीसहित चिरान काठ नियन्त्रणमा

देश प्रदेश डेस्क 5487+ समाचार ( )
५ श्रावण २०८१, शनिबार

झापा । पिकअप गाडीसहित अवैध सखुवा जातको चिरान काठ बरामद गरिएकाे छ ।शनिबार  बिहान अन्दाजी ३ः३० बजेको समयमा अस्थाई प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा शिवसताक्षी नगरपालिका वडा नं. १० टेक्रास्थित कन्काई नदी बगरमा मे १ च ६२३६ नं को पिकअप भ्यानमा सखुवा जातको ५२ क्यु.फिट चिरान काठ (फेन्टा) बरामद भएको हो ।अन्दाजी १ लाख ५६ हजार मूल्य बराबरको काठ लोड गर्दै गरेको अवस्थामा फेला पारी नियन्त्रणमा लिने क्रममा संलग्न मानिसहरु गाडी र काठ छाडेर फरार भएका थिए ।

गाडीसहित काठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि गैडे सामुदायिक वन उपभोक्ता समितिलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि हिजो बिहान शिवसताक्षी १० स्थित कन्काई नदीमा गाडीको टिउमा बाँधी अवैध रुपमा चिरान काठ बगाई ल्याइरहेको अबस्थामा अन्दाजी ५७ हजार बराबरको १९ क्यु.फिट चिरान काठ फेला परेको थियो । उत्तरतिरबाट चोरी तस्करी गरी खोलामा काठ बगाएर ल्याउने क्रम बढदै गएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार