मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापामा यौन दुर्व्यवहार गर्ने सिटी सफारीका चालक पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१९ जेठ २०८३, मङ्गलबार

झापामा किशोरीलाई यौन दुर्व्यवहार गर्ने एकजना सिटी सफारीका चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा कनकाई नगरपालिका-३ बस्ने ५० वर्षीय दिलकुमार प्रधान रहेका छन् ।

उनलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । हिजो साँझ कनकाईको भुरुङ्गाबाट ६ जना किशोरीहरू पिकनिक खाएर फर्किदा प्रधानको सिटी सफारीमा चढेका थिए । उनले पाँच जनालाई पछाडिपट्टि र एक जनालाई आफू बस्ने सिटमा राखेका थिए । छेउमा बसेकी किशोरीलाई उनले यौन दुर्व्यवहार गरेको बताइएको छ ।

ती किशोरीले घटनाबारे जानकारी दिएपछि हिजै साँझ प्रहरीले प्रधानलाई पक्राउ गरेको थियो । उनलाई आज अदालतबाट म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी जनाएको छ । गाडी चालकहरूले महिलालाई आफूसँगै राखेर यौन दुर्व्यवहार गर्ने गरेको पाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार