मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

‘टुर दि मेची–महाकाली’ साइकल यात्रा सुरु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२४ कार्तिक २०८२, आइतबार

भद्रपुरस्थित मेची पुलबाट “टुर दि मेची–महाकाली २०८२” साइकल यात्रा सुरु भएको छ  । विश्व स्वतन्त्रता दिवसको अवसरमा भद्रपुर साइकल समाजले आज बिहान एक संक्षिप्त कार्यक्रमको आयोजना गरी भद्रपुर–५ मेची पुलबाट साइकल यात्राको शुभारम्भ गरेको हो । 

यात्रामा पाँच जना साहसी साइकल यात्रीहरू जीवनकुमार श्रेष्ठ, मनोज सिंह, देवीबहादुर श्रेष्ठ, समीर पोखरेल र विश्वचन्द्र महतोले पूर्वी सिमाना मेचीदेखि पश्चिमी सिमाना महाकालीसम्म प्याडलमार्फत यात्रा गर्नेछन्।

कार्यक्रमको उद्देश्य भद्रपुरका पर्यटन स्थलहरूको प्रवर्द्धन, साइकल संस्कृतिको विकास, र स्वस्थ जीवनशैली तथा वातावरण संरक्षणप्रति जनचेतना जगाउने रहेको साइकल समाजका अध्यक्ष जीवनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार यात्राको मार्ग मुख्य रूपमा पूर्व पश्चिम राजमार्ग हुनेछ ।

दैनिक करिब १५० किलोमिटर दूरी तय गरिनेछ। सबैको साथ र समर्थनबाट यो ऐतिहासिक “टुर दि मेची–महाकाली २०८२” सफल बन्ने विश्वास आफूले लिएको उनको भनाई छ । साइकल समाजले यात्राको सुरक्षित सञ्चालनका लागि देशभरका सुरक्षा निकाय, प्रशासन, ट्राफिक कार्यालय, नेपाली सेना र सञ्चारकर्मीहरूसँग सहयोग र सद्भावका लागि अनुरोधसमेत गरेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार