मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

ओमसाई हस्पिटलमा एम्सबाट आएका डा. राउतको सेवा आजदेखि सुरु

देश प्रदेश डेस्क 5197+ समाचार ( )
२ अशोज २०८०, मङ्गलबार

झापा । भद्रपुरस्थित ओमसाई पाथीभरा हस्पिटलमा कन्सल्टेन्ट फिजिसियन डा. श्रवणकुमार राउतको दैनिक सेवा सुरु भएको छ । विराटनगर घर भएका डा. राउत भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालबाट ओमसाई हस्पिटल आएका हुन् । डा. राउतले जगतगुरु अनन्त विभूषित वालसन्त मोहनशरण देवाचार्य महाराजको स्वास्थ्य परीक्षण गरी सेवाको शुभारम्भ गरेका थिए ।

त्यसपछि डा. राउतले हस्पिटलका अध्यक्ष दीपककुमार पोखरेललेका माता-पिता जानकीदेवी र गुप्तराज पोखरेलको स्वास्थ्य परीक्षण समेत गरेका थिए ।  डा. राउतसँगै ओमसाईमा चार जना कन्सल्टेन्ट फिजिसियनले सेवा दिइरहेको हस्पिटलका सञ्चालक बालकुमार पोखरेलले जानकारी दिए । यसअघि कन्सल्टेन्ट फिजिसियन डा. रामकुमार सिटौला, डा. मोनालिसा सङ्ग्रौला र डा. अमर कपुरीले सेवा दिँदै आइरहेका छन् ।

नयाँ भवनको विस्तारसँगै हस्पिटलमा बिरामीको चाप अत्यधिक बढेसँगै थप गुणस्तरीय सेवा प्रवाह गर्न ओमसाईले एम्स अस्पतालबाट डाक्टर मगाएको हस्पिटलका व्यवस्थापक दीप पौडेलले जानकारी दिए । 'अब हस्पिटलमा सेवा लिन आउने बिरामीलाई कुनै समस्या हुँदैन,' उनले भने, 'इन्डोस्कोपी, इको, टिएमटी, पिएफटी लगायतको सेवा थप सहज हुनेछ ।' साथै हस्पिटलले असोजको पहिलो साताभित्रै १५ बेडको एनआईसीयु र १० बेडको नर्सरी वार्डको सेवा सुचारु गर्न लागेको छ । छ्ट्टिै आँखा सम्बन्धि शल्यक्रियासहितको उपचार सेवा पनि सुचारु गर्न लागेको उनले बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार