मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापाबाट ८ महिनामा २२ हजार बढी बिदेशिए

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१ वैशाख २०८१, शनिबार

                                                                                                                          साङ्केतिक तस्वीर

झापा कोशी प्रदेशमै सबैभन्दा बढी वैदेशिक रोजगारीमा जाने झापा जिल्लामा पछिल्लो ८ महिनामा २२ हजार ३ सय ९८ जना विदेश गएका छन् ।

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म ४ हजार ४ सय ८५ महिला र १७ हजार ९ सय १३ पुरुष श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको सुरक्षित आप्रवासन सामीले जनाएको छ । सामीले सुरक्षित वैदेशिक रोजगारीका लागि वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरूको सञ्जाल क्षमता विकास सम्बन्धी दुई दिने कार्यक्रममा सामी हेल्भेटास कार्यक्रम अधिकृत रोहित विश्वकर्माले झापामा अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा ५ हजार ८५१ महिला र २७ हजार ६ सय १९ गरी ३३ हजार ५ सय ७० जना श्रम स्वीकृति लिएर विदेश गएको जानकारी दिए ।

चालू आर्थिक वर्षको फागुनसम्म २२ हजार ३ सय ९८ जना विदेश गइसकेकोले यो संख्या असारसम्ममा अझै बढेर जाने अधिकृत विश्वकर्माको भनाइ छ । वैदेशिक रोजगारीमा जानेहरूको समस्यामा ठगी, अशिक्षा, सिपको कमी, भाषाको समस्या, कानूनको ज्ञान नभएको, देखासिकी गर्ने बानी र पारिवारिक मनमुटाब रहेको पाइएको सामाजिक परिचालन अधिकृत शेखर बुढाथोकीले बताए ।

वैदेशिक रोजगारीमा जाँदा सीपमूलक र भाषा सम्बन्धी तालिम, कानूनको विषयमा ज्ञान लिएको र सामाजिक चेतना भएका व्यक्ति गएमा समस्या नपर्ने उनको भनाइ छ ।
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलको अध्यक्षता तथा उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायतको उपस्थितिमा भएको कार्यक्रममा सहभागीहरूलाई रोजगार परामर्शकर्ता फणिन्द्रप्रसाद दाहाल, हेल्भेटास कार्यक्रम अधिकृत देवनारायण चौधरी लगायतले सहजीकरण गरेका थिए ।

वैदेशिक रोजगारीबाट फर्किएका १५ वटै पालिकाबाट सहभागीहरूलाई क्षमता विकास, वैदेशिक रोजगारीको हालको स्थिति, वैदेशिक रोजगारी बोर्डले प्रदान गर्ने कल्याणकारी सेवाको बारेमा जानकारी, ठगी लगायत समस्याहरूको कानूनी प्रक्रियाबारे जानकारी, सजग हुने उपाय बारे छलफलमा सहजीकरण गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार