मुख्य समाचार
यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव |

रेशम चौधरीले छाडे नाउपा, नयाँ दल घोषणा गर्दै

देश प्रदेश डेस्क 5487+ समाचार ( )
फाइल तस्बीर
२९ भाद्र २०८२, आइतबार

झापा / नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी छाडेको घोषणा गर्दै नयाँ पार्टी खाेल्ने बताएका छन् । 

उनले नयाँ राजनीतिक दल ‘नेपाल नागरिक उन्मुक्ति पार्टी ’ गठन गरेर अघि बढ्ने घोषणा गरेका छन् । नयाँ दलको चुनाव चिह्न ‘पहिचान’ प्रस्ताव गर्दै नाउपाबाट अलग भएको चौधरीले स्पष्ट पारेका हुन् ।

उनले भने, ‘आजबाट म नाउपाबाट अलग भएको घोषणा गर्दछु। उन्मुक्ति पार्टीमा म आजबाट हुन्न। अलग अभियानको घोषणा गर्छु। मसँगै मेरा भावना, मेरो आन्दोलनको मर्म बुझ्ने साथीहरूले हातेमालो गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने।

आफ्नाे सामाजिक सञ्जालमा भिडियाे सन्देशमार्फत चौधरीले वर्तमान राजनीतिको अवस्था प्रतिशोधपूर्ण र इर्ष्यायुक्त भएको भन्दै टिकापुर घटनामा आफू निर्दोष रहे पनि राजनीतिक प्रतिशोधस्वरूप घर जलाइएको गुनासो गरेका छन् । चाैधरीले टिकापुरमा भएको क्षतिपूर्तिमा व्यापक अनियमितता भएको दाबी गर्दै, ५० हजार क्षतिको दाबी गर्नेले डेढ करोडसम्म पाएको आराेप लगाएका छन्।

उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न, राज्य पुनःसंरचना तथा सीमाङ्कन परिमार्जन गर्न र आफ्ना मुद्दामा न्यायिक निर्णय आउनुपर्ने माग गरेका छन्। साथै, उनले देशमा निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्‍याउनेहरूलाई छानबिन गरी कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार