मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

सडेगलेको अबस्थामा जलथल जंगलमा जंगली हात्ती फेला

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२९ फाल्गुन २०८१, बिहीबार

झापा सडेगलेको अबस्थामा झापाको जलथल जंगलमा  जंगली हात्ती फेला परेको छ ।

हिजो साँझ कचनकवल– ७ स्थित पाथीभरा सामुदायिक वनमा करिब डेढ महिनाअघि मरेको हुनसक्ने वयस्क भाले हात्ती सडेगलेर दुर्गन्धित अबस्थामा फेला परेको थियो । ३–४ वटा जंगली हात्तीले वरिपरि घेरेर राखेपछि हिजो साँझ कोही पनि जान सकेका थिएनन् ।

आज बिहान डिभिजन वन कार्यालय , इलाका प्रहरी कार्यालय बनियानीलगायतको टोली घटनास्थल पुगेको थियो । त्यहाँ पुगेर हेर्दा शरीरको अधिकांश भाग कुहिसकेको अबस्थामा मृत हात्ती फेला परेको डिभिजन वन कार्यालयका वन अधिकृत जीवन पाठकले बताए । हात्तीको दाराको टुप्पो काटिएको छ । त्यस हात्तीलाई गाडेर अन्त्येष्टि गरिएको कचनकवल ७ का वडा सदस्य शेरबहादुर थेबेले बताए ।

झापामा चालु आर्थिक वर्षमा हात्ती मरेको यो पहिलो घटना हो । गत आर्थिक वर्षमा ४ वटा हात्ती मृत फेला परेका थिए । यस आर्थिक वर्षमा हात्तीको आक्रमण परी झापामा चार जनाको ज्यान गइसकेको छ । मानिस र हात्तीबीचको द्वन्द्व बढ्दै गएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार