मुख्य समाचार
रसुवा बाढीको शिक्षा क्षेत्रमा ठूलो क्षति, २ सयभन्दा बढी विद्यार्थी सम्पर्कविहीन | ‘सात दिनपछि बल्ल सुरुङ उद्धारको जिम्मा आयोजनालाई, सरकारको उद्धार असफल | इलामका मनिराज मगरको दुर्घटनामा मृत्यु | आमाको मृत्यु भएको भोलिपल्टै छोराको पनि निधन | कटारीमा ठूलो परिमाणमा गाँजा बरामद, तीन पक्राउ | ५० ग्राम ब्राउन सुगरसहित भारतीय महिला पक्राउ | भोटेकोशी बाढीको भयावह क्षति : ९०३ शव फेला, ४ हजार २२७ अझै सम्पर्कविहीन | भारतको बतासीमा कार दुर्घटना, भद्रपुरका मामा–भान्जाको मृत्यु | खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग |

ओपन एआईले ल्यायो भिडियो एआई टुल ‘सोरा’, हलिउडलाई धक्का दिन सक्ने

देश प्रदेश डेस्क 5416+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

काठमाडौं । च्याट जीपीटी निर्माता ओपन एआईले यसैसाता ल्याएको नयाँ भिडियो एआई टुल ‘सोरा’ले विश्व फिल्म तरंगित बनेको छ । शब्द टाइप गरेकै भरमा गुणस्तरीय र आकर्षक भिडियो बनाइदिने यो जेनेरेटिभ एआईले हलिउडलाई धक्का दिन सक्ने अनुमान गरिएको छ ।

फिल्म र एनिमेसन उद्योगलाई प्रभावित तुल्याउने विश्लेषण गरिएको यो एआई टुलले के हलिउडलाई विस्थापित गर्ला ? यसबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले विश्लेषण थालेका छन् ।

हलिउड रिपोर्टर म्यागजिनले ‘सोरा’ एआई टुलले भिजुअल इफेक्टमा काम गरिरहेका श्रमिक र पोस्ट-प्रोडक्सनको कामलाई चुनौती दिनसक्ने जनाएको छ । शनिबार बर्लिन फिल्म फेस्टिभलको एक सत्रमा समेत साम अल्टम्यान नेतृत्वको ओपन एआईको यो भिडियो टुलबारे ठूलै बहस चलेको थियो ।

लस एन्जलसका एक फिल्म निर्देशक डेभ क्लार्कले फिल्ममेकरले यसबाट डराउनुको सट्टा कहिल्यै कल्पना वा महसुस नगरेको सामग्रीको लागि एआई प्रविधिलाई अँगाल्नुपर्ने तर्क गरे । उनले भने, ‘एआईबाट जागिर खोसिएला भनेर डराउनुपर्दैन । बरु तपाईं यी उपकरण चलाउने व्यक्तिसँग डराउनुपर्छ ।’

सोराको प्रणालीले साधारण शब्दको भरमा कुनै दृश्यको पृष्ठभूमि, बहुचरित्रकरण, डिटेलिङ समावेश भिडियो र दृश्य निर्माण गर्नसक्छ । ओपन एआईले टेक्निकल पेपरमा यसबारे विस्तृत उल्लेख गरेको छ जहाँ सोराले बनाएका भिडियो पनि समावेश छ ।

‘विज्ञहरूले वास्तवमै यो (सोरा)लाई चिन्ता वा चासोसहित नयाँ कथाका लागि केही नयाँ आउँदैछ भन्ने उत्साहका साथ हेरिरहेका छन्’ द क्याटालिस्ट्सका संस्थापक एसी कोपेन्सले शनिबार भने । दुई दिनअघि सोराको बेटा भर्सन सार्वजनिक गरिएको थियो, जसले एक भिडियो मिनेट लामो भिडियो उत्पादन गर्न सक्षमता राख्छ ।

‘जब तपाईंले अन्तरिक्षमा उडिरहेको अन्तरिक्ष यात्रीको त्यो ६० सेकेन्डको सट सिर्जना गर्नुहुन्छ, त्यसपछि के हुन्छ ? कथाले हामीलाई कहाँ लैजान्छ ?’ क्लार्कले प्रश्न गरे । सोराले हलिउड र विज्ञापन उद्योगमा त्रास सिर्जना गरेको बताए । ‘त्यहाँ धेरै उत्साह छ, तर त्यहाँ धेरै डर पनि छ । यो सबैको साँच्चै अर्थ के हो ?,’ उनले भने ।

फिल्मसँगै गेमिङ क्षेत्रलाई समेत सोराले सिधै प्रभाव पार्ने देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार