मुख्य समाचार
खाेटाङमा कुटपिटबाट एक शिक्षककाे मृत्यु | राहत कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा, डलरमा पनि उल्लेख्य सहयोग | रसुवा–भोटेकोशी बाढी : मृत्यु हुनेको संख्या ७३४ पुग्यो, खोज तथा उद्धार जारी | रसुवा–भोटेकोशी बाढीमा मृतकको संख्या ६६९ पुग्यो, खोजी तथा उद्धार जारी | राहत संकलनमा उठेको गम्भीर प्रश्न : पीडितसम्म पुग्छ त राहत ? | भारततर्फ लैजाँदै गरेको ५ लाख रुपैयाँ बराबरको फर्सीको बियाँ मेचीनगरमा बरामद | कालीगण्डकी र म्याग्दीको दोभानमा बेनी बजार, ठूलो बाढी आए के होला? | डान्सबार लैजाँदै गरेका ४ नाबालिका र २ युवती सीमामै उद्धार, २ तस्कर पक्राउ | रसुवा बाढी : कोशीका १३८ जना अझै सम्पर्कविहीन, सोलुखुम्बुका मात्रै ३९ | रसुवा बाढी : मृतक संख्या ५३८ पुग्यो, चितवनमा मात्रै २२१ शव बरामद |

झापाका पण्डितसहित तीनजना ठगी आरोपमा पक्राउ

देश प्रदेश डेस्क 5410+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

झापा ठगी गरेको आरोपमा झापाका एकजनासहित तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीका लागि अमेरिकालगायतका देशमा पठाउने भन्दै ठगी गर्नेहरूमा झापा घर भई काठमाडौँ–७ चाबहिल बस्ने ३१ वर्षीय प्रशान्त पण्डित, सप्तरी कोइलाली गाउँपालिका–३ घर भई काठमाडौँ–३२ तीनकुने बस्ने ४५ वर्षीय शैलेश कुमार र कैलाली भजनी गाउँपालिका–१ घर भई ललितपुर महालक्ष्मी–१ बस्ने ३६ वर्षीय विशाल हमाल रहेका छन् ।

आकर्षक तलबको प्रलोभनमा पारेर ठगी गरेको भन्दै काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

हमालले अमेरिका पठाइदिन्छु भन्दै दुईजनाबाट १६ लाख ७० हजार रूपैयाँ, शैलेशले बेलायत पठाइदिन्छु भन्दै एकजनाबाट ५ लाख ४० हजार रूपैयाँ, प्रशान्तले भिजिट भिसामा अस्ट्रेलिया पठाइदिन्छु भन्दै एकजनाबाट ८ लाख रूपैयाँ ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

उनीहरूविरूद्ध वैदेशिक रोजगारअन्तर्गत व्यक्तिगत ठगीमा कारबाही चलाउन थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार